Comments Add Comment

आर्यन र नम्रताको बाल्यकाल खिच्दै सुरु भयो ‘क्लासिक’

aaryan-puja
चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि एकाएक चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले नयाँ चलचित्र ‘क्लासिक’ निर्माणको सुरुवात गरेको छ । शनिबार काठमाण्डौको चोभारबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।

निर्माता तथा नायक आर्यन सिग्देल, निर्देशन दिनेश राउत लगायतले चोभारको गणेश मन्दिरमा पुजा गर्दै छायांकन सुरुवात गरेका हुन् । निर्माता सुवास गिरी भने कतारमा रहेकाले शुभसाइत समारोहमा उपस्थित हुन सकेनन् ।classic-muhurta
पहिलो दिन आर्यनको बाल्यकालको भूमिकामा अभिनय गर्दै बाल कलाकार सुमिन मान्धर र नायिका नम्रता श्रेष्ठको भूमिकामा अभिनय गर्दै बाल कलाकार सेमिना कोइरालाले सट दिएका छन् । शुभसाइत समारोहमा उपस्थित भएका नायक तथा निर्माता आर्यन सिग्देलले भने-‘वैशाखमा भुकम्पका कारण चलचित्रको छायांकन सुरु गर्न सकिएन ।

यसपछि देशको परिस्थितीले गर्दा असोज १ गतेबाट सुरु गर्न असमर्थ भयौ । तर, चलचित्र फ्लोरमा गयो, खुशी छु ।’
classic-suru
आफ्नै होम प्रोडक्शनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ सफल भएपछि ‘क्लासिक’ बनाउन पाउँदा एकदमै उत्साह बढेको आर्यनको भनाई छ । निर्देशक दिनेश राउतले भने-‘आर्यन र नम्रतको जोडी दर्शकको मन मुटुमा बसिसकेको छ ।

क्लासिकलाई सांगीतिक प्रेमकथा तथा दृष्टिबिहिन पात्रको बिषयमा तयार पारिने छ ।’ यो चलचित्रमा आर्यन र नम्रताका अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ ।

चलचित्रमा एसोसियट निर्देशक विकास सुवेदी, मुख्य सहायक निर्देशक दिनेश रावत रहनेछन् । शान थापा पब्लिसिटी डिजाइनर रहेको चलचित्रमा हिमाल केसीको एक्सन, रेनशा राइको नृत्य, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहनेछ । चलचित्र आउँदो भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शनमा आउनेछ । dinesh-raut

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment