+
+
Shares

भन्सार नाका ठप्पै, नेपालगञ्जबाट भित्रिए दुई ट्रक कोइला

१९ असोज, काठमाडौं । भारतीय पक्षले मंगलबार पनि भन्सार नाकामा कडाइ गरी इन्धन बोकेका गाडीहरु कम मात्रै नेपाल पठाएको छ । मंगलबार विहानसम्म अधिकांश भन्सार नाका ठप्प छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते ११:५५

Biratnagar-Jogbani-Naka

१९ असोज, काठमाडौं । भारतीय पक्षले मंगलबार पनि भन्सार नाकामा कडाइ गरी इन्धन बोकेका गाडीहरु कम मात्रै नेपाल पठाएको छ । मंगलबार विहानसम्म अधिकांश भन्सार नाका ठप्प छन् ।

अनलाइनखबरकर्मी आरपी सुवेदीका अनुसार रुपैडिहा नाकाबाट चार ट्रक चामल र दुई ट्रक कोइला नेपालगञ्ज भित्रिएका छन् ।  मंगलबार विहान १० बजेसम्म ६ वटा मालबाहक ट्रक नेपाल भित्रिएका थिए । सीमा प्रहरी चौकी जमुनाहले दिएको जानकारी अनुसार ६ ट्रकमध्ये ४ ट्रकमा चामल र २ ट्रकमा ईन्धन कोईला छ ।

भारतले पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुहरु अत्यन्तै न्यून मात्रामा नेपाल पठाइरहेको छ । नेपालगन्जबाट भारतको गोण्डा डिपोमा पेट्रोलियम पदार्थ लिन गएका नेपाली ट्यांकरहरुलाई अत्यन्तै कम तेल भरिदिने गरेको जानकारीमा आएको छ । गोण्डा डिपोमा पेट्रोलियम पदार्थ लिनका लागि पुगेका ट्यांकर मध्य १० प्रतिशतलाई मात्र डिपोले तेल भरीदिने गरेको छ । तर, नेपाल आयल निगम क्षेत्रीय कार्यालय राँझाका कार्यालय प्रमुख श्रीचन्द्र श्रेष्ठसँग सो बारेमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउनै चाहेनन् ।

उनले प्रयोग गर्दै आएको मोवाईल फोन नउठ्ने र विजी मोडमा राखेर बस्ने गरेकोले नेपालगन्ज नाकाबाट नेपाल भित्रिने पेट्रोलियम पदार्थ र र भारत डिपोमा नेपालगन्जबाट गत असोज ६ गतेदेखिको अवस्था जानकारीमा आउन सकेको छैन । उनले जिल्ला आपूर्ति समितिलाई पनि पछिल्ला दिनहरुमा कुनै जानकारी नदिने गरेको पाइएको छ ।

सोमबार राति १७ गाडी जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये डिजल भरेका ३ ट्यांकर र ग्यास बोकेका २ बुलेट मात्रै थिए ।
यसैगरी विराटनगरको रानी भन्सारबाट मंगलबार बिहान एउटा ग्यासको बुलेट र औद्योगिक कच्चापदार्थ बोकेका ९ वटा ट्रक नेपाल भित्रिएका छन् ।

पूर्वको मेची भन्सारका अनुसार ६ ट्यांकर तेल गएराति १० बजे नेपाल भित्रिएको नेपाल आयल निगम मेचीका प्रमुख कमलेश अर्यालले जानकारी दिए । अर्यालका अनुसार ५२ किलोलिटर डिजेल, ३२ किलोलिटर पेट्रोल र २० किलोलिटर हवाई इन्धन भित्रिएको हो । ३५ ट्यांकरहरु तेल भर्ने पर्खाइमा छन् ।

रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट मंगलबार विहान पर्यटक सवार बस मात्रै नेपाल भित्रिएका छन् । सोमबार दिनभर प्रहरी र प्रदर्शनकारीबीच भएको झडप कारण तनावग्रस्त रहेको सो क्षेत्र विहानसम्म शान्त छ ।

नेपालको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार नाका भने मंगलबार १३ औं दिन पनि ठप्प छ ।  मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताहरुले पाल टांगेर चौबीसै घण्टा धर्नामा बसेका कारण बीरगञ्ज भन्सार सुनसान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?