२१ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपालले श्रीलंकासँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । प्रीति राईको ठाउँमा पुजा राना टिममा आएकी छन्।
गोलकिपरमा अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना, गिता राना र निशा थोकर छन् ।
मिडमा रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् ।
खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।
यस खेलको विजेता टोली सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।
प्रतिक्रिया 4