Comments Add Comment

भारतको नाकाबन्दीबारे युरोपेली युनियन मौन

१९ असोज, काठमाडौं । यूरोपियन यूनियनको नेपाल मिसनले नेपालको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मंगलबार विज्ञप्ति जारी गरेको छ ।

European-Union-(-EU-)‘मानवीय आपूर्तिका सम्वन्धमा’ भन्दै जारी गरिएको विज्ञप्तिमा नाकाबन्दीको उच्चारण गरिएको छैन ।

‘देशमा आधारभूत वस्तुको आपूर्ति र वितरणलाई प्रभाव पारिरहेको वर्तमान समस्या समाधान गर्ने प्रयत्नका लागि नेपालको हेड्स अफ दि मिसनले सहयोग र प्रोत्साहन व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो परिस्थितिबाट तराई लगायत गरिब जनसंख्या रहेको क्षेत्र बढि प्रभावित भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘भुकम्पबाट ३.५ प्रतिशत गरिब थपिएको देशमा आधारभूत वस्तुको अभावले अर्थतन्त्रमा थप धक्का पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ । यो अवस्थाको चाँडोभन्दा चाँडो समाधानमा हेड अफि दि मिसन आशावादी रहेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment