Comments Add Comment

तराईमा दुई प्रदेश अहिले नै हुनुपर्ने मधेसी मोर्चाको अडान

Madhesi-Morcha-Meeting

२० असोज, काठमाडौं । तीन दल र मधेसी मोर्चाबीचको औपचारिक वार्ताको दोस्रो दिन राजीतिक मुद्दाका विषयमा छलफल शुरु भएको छ ।

मोर्चाले आफ्ना वकिलहरुमार्फत संविधान संशोधन गर्नुपर्ने भनी तयार पारेका २७ वटा बुँदासहितको आफ्नो अडान अघि सारेको स्रोतले जनाएको छ ।

संविधानका बिभिन्न धाराका ३७ ठाउँमा संशोधन हुनुपर्ने मोर्चाको माग छ । ‘यो एक प्रकारले पुनर्लेखन नै हो, यसमा हामी टसमस हुँदैनौं’ वार्तामा सहभागी फोरम नेता लालबाबु राउतले बताए ।

निर्वाचन क्षेत्र निर्धारण जनसंख्याका आधारमा हुनुपर्ने, अंगीकृत नागरिकले पनि देशका संवैधानिक पदमा नियुक्त हुन पाउनुपर्नेलगायतका माग मोर्चाले राखेको छ ।

त्यस्तै प्रदेशहरुको अहिलेको सीमांकन स्वीकार्य नहुने भन्दै मोर्चाले झापादेखि चितवनसम्म एक प्रदेश र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को प्रदेश गरी तराईमा दुई प्रदेश हुनुपर्ने माग मोर्चाको छ ।

तीन दलले र सरकारले यो माग पूरा गर्न नसकिने भन्दै सीमांकनलाई संघीय आयोगमार्फत टुंग्याउने प्रस्ताव गरेका छन् । तर, मोर्चाले आयोगको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।

सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा जारी रहेको वार्तामा सरकारले घाइतेहरुको उपचार निःशुल्क गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

वार्तामा तीन दल तथा सरकारको तर्फबाट वनमन्त्री महेश आचार्य, एमाले नेता अग्नि खरेल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ छन् भने मोर्चाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, लालबाबु राउत र राम नरेश राय सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment