Comments Add Comment

४ दिनमै फेर्‍यो निर्माता संघले बोली, अब मंगलबार नै चलचित्र चल्ने

nimrata-sanga-bigyapti

चलचित्र निर्माता संघले ४ दिनमा आफ्नो बोली फेरेको छ । असोज १७ गते विज्ञप्ती जारी गर्दै अध्यक्ष राजकुमार राइले चलचित्र निर्माता संघ र चलचित्र संघले गरेको सहमती पालना गर्न आग्रह गरेका थिए । काठमाण्डौमा शुक्रबार मात्र चलचित्र चलाउने सहमतीलाई तोड्दै मंगलबारबाटै चलचित्र चलाउन लागिएको भन्दै निर्माता संघले आपत्ती जनाएको थियो ।

तर, त्यसको ४ दिन वित्न नपाउँदै निर्माता संघले बोली फेरेको छ । अब, कात्तिक ३ गते अर्थात मंगलबारबाटै काठमाण्डौमा चलचित्र लाग्ने भएका छन् । अध्यक्ष राजकुमार राई समेत सहभागी भएको वैठकले यो निर्णय गरेको हो । चलचित्र ‘सुश्री, अधकट्टी र परदेशी’का निर्माता, वितरक र निर्माता संघका पदाधिकारी बसेर मंगलबारबाटै चलचित्र चलाउन दिने सहमती गरेका हुन् ।

तर, रमाइलो कुरा के छ भने ४ दिन अगाडि आफैले विज्ञप्ती निकालेका अध्यक्ष राइले यसपटक भने उपाध्यक्ष उदयकुमार इङ्नामलाई विज्ञप्ती निकाल्न लगाएका छन् ।

निर्माता संघले असोज २९ गते चलचित्र नभएको र यो विषम परिस्थितीमा नेपाली निर्माताको हकमा केही दिन अगाडि चलचित्र चलाउँदा फाइदा हुने भन्दै यो निर्णय गरिएको बताएको छ । फूलपाती अर्थात मंगलबारबाटै चलचित्र चलाउँदा नेपाली निर्माता, वितरक र हलवाला समेत लाभान्वित हुने भन्दै यस्तो सहमती गरिएको निर्माता संघको भनाई छ ।

निर्माता संघको यो सहमतीसँगै अब हलवाला, वितरक र चलचित्रका निर्माताले चाहेको खण्डमा शुक्रबार अगावै काठमाण्डौका हलमा चलचित्र चलाउन सक्छन् या सक्दैनन् भन्ने प्रश्न पनि उब्जेको छ । वैठकमा सहभागी निर्माता संघका सदस्य करण क्रेजीले अब नेपाली चलचित्र र निर्माताको हकमा निर्माता संघ लागिपर्ने बताए ।

मंसिर ४ गते कुनै पनि चलचित्र नभएको हकमा मंसिर ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी’ले शुक्रबार अगावै प्रदर्शन गर्न पाउँछ या पाउँदैन, यो बिषय पनि तत्काल उब्जने संभावना छ । निर्माता संघको यो निर्णयले कात्तिक ३ गते चल्ने चलचित्रलाई त फाइदा पुग्नेछ । तर, यो बिषयले त्यसपछि प्रदर्शनमा आउने चलचित्रलाई लिएर लफडा उत्पन्न हुन सक्छ भन्ने संकेत पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment