२४ असोज, काठमाडौं । केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ ।
एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो ।
‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो,’ सांसद साहले भनिन्-‘ ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेर धम्की दिएका छन् ।’
निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको थाहा भएको छ ।
‘तर, जस्तै धम्की आए पनि हामी एमाओवादीका ८३ जना सभासदले पार्टीको निर्णयअनुसार पालना गर्नेछौं,’ सांसद निशाले अनलाइनखबरसँग भनिन् ।
यो पनि पढ्नुस्
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4