Comments Add Comment

विमानमा जस्तै सुविधा भएको बस सञ्चालनमा

Bus-including-Minibar
सन्देश श्रेष्ठ
२७ असोज, पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतको जगदम्बा ट्राभल्सले मिनी बारसहितको बस सञ्चालनमा ल्याएको छ । पोखरा-काठमाडौं रुटमा चल्ने एसियाकै उत्कृष्ट मानिएको यो यात्रुवाहक बस घटस्थापनाको दिनदेखि सञ्चालनमा आएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले परेवा उडाएर बस सेवा शुभारम्भ गरेका थिए । उनले तेल अभाव र आन्दोलनको विषम परिस्थितिमा करोडौं मुल्यको बस सञ्चालन गर्नु चुनौतिपूर्ण भएको भन्दै यस प्रकारको आँट गरेकोमा कम्पनीलाई सुभकामना दिए ।

ट्राभल्स कम्पनीका सञ्चालक केशबप्रसाद अधिकारीले बसमा मिनिबार सहितका विभिन्न सुविधाहरु रहेको बताए । हवाइजहाजमा जस्तै बसमा पनि सेवा महिला होस्टेसले यात्रुहरुलाई सेवा दिनेछिन् ।

बस चढेपछि होस्टेजले स्वागत गर्ने व्यवस्था मिलाइएको छ । यात्रुलाई फेस टावेल पनि उपलब्ध बसमै उपलब्ध गराइने छ । मिनी बारको रुपमा धुम्रपान मध्यपान बाहेक चिया/कफि, चिसो पेय पदार्थ उपलब्ध हुनेछ ।

बस होष्टेजले मिठाई तथा स्थानीय एवम् राष्ट्रिय पत्रपत्रिकाहरु यात्रुहरु समक्ष पुर्‍याउने छिन् । यात्रुले पेय पदार्थ जतिपटक पनि मागेर पिउन सक्ने अध्यक्ष अधिकारीले बताए ।

Bus-Hostess-Pokhara-Kathman

२१ सिटे उक्त गाडीको भाडा शुल्क नेपालीका लागि प्रतिव्यक्ति दुई हजार र विदेशीलाई प्रति व्यक्ति २ हजार ५ सय रुपैया तोकिएको छ । बस भाडामा यात्रुले बसभित्रै फ्रि वाइफाईदेखि खाजा, खाना, पत्रपत्रिका पढ्न पाउने लगायतको सेवाहरु उपलब्ध हुनेछन् ।

बसले दिवा सेवा दिनेछ । बस पोखराबाट विहान ८ बजे काठमाडौंका लागि छुट्नेछ । विहान साढे ७ बजे हल्लनचोकबाट पर्यटन वसपार्क पुगी यात्रु राख्नेछ भने ८ बजे अमरसिंह चोकमा पुगेर थप यात्रु चढाउनेछ ।

काठमाडौंमा भने ठमेलमा अफिस राखेर विहान ८ बजे छुट्ने ब्यबस्था मिलाइएको अधिकारीले जानकारी दिए । अहिले २ वटा बसबाट सेवा शुरु गरेको एसिया स्तरको यो बस ६ महिना भित्रमा एउटा थप्ने तयारी स्वरुप निर्माण भइरहेको उनले बताए ।

पोखरामा आउने पर्यटकहरुलाई हवाई मार्गको विकल्पको रुपमा पनि यो सेवा सञ्चालनको प्रयास गरिएको हो । सञ्चालक अधिकारीले यो सेवा प्रभावकारी भए अन्य रुटमा पनि बस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए ।

बहुचर्चीत असोका लेल्याण्डको उक्त गाडीको मूल्य एक करोड ७५ लाख परेको कम्पनीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment