११ कात्तिक, काठमाडौं । राष्ट्रपति चुनावको मतदानका क्रममा धेरै सांसदको नजर कांग्रेस सभासद ज्ञानेन्द्रबहादुर कार्कीमाथि पर्यो ।
राष्ट्रपतिका उम्मेदवारद्वय विद्या भण्डारी र कुलबहादुर गुरुङमाथि सबैले नजर राख्नु त स्वभाविक नै हो । तर, धेरै सांसदले भने ज्ञानेन्द्रबहादुरतिर नजर लगाए ।
राष्ट्रपतिका लागि मतदान गर्न लाइनमा बस्दा कार्कीलाई धेरै सांसदले प्रश्न गरे । उनलाई सबैको साझा प्रश्न थियो, भोट बहिनीलाई दिने कि आफ्नो पार्टी उम्मेदवारलाई ?
सांसदहरुका अनुसार कांग्रेस सांसद कार्कीले भने राष्ट्रपति हुने आफ्नी बहिनी नै भएको तर, भोट कसलाई दिने भन्ने स्वविवेकीय निर्णय भएको जवाफ दिएका छन् ।
सत्तारुढ गठवन्धनका उम्मेदवार विद्या भण्डारी कार्कीकी बहिनी हुन् । कार्की विद्याका फूपूका छोरा हुन् । तर, कांग्रेस नेता कार्कीको पार्टीका उम्मेदवार पूर्वमहामन्त्री कुलबहादुर गुरुङ छन् ।
दलीय राजनीतिमा आफ्नो आस्था र विचारलाई हेर्ने या परिवारलाई हेर्ने भन्ने छनोट गर्नुपर्ने स्थितिमा पुगे कांग्रेस नेता कार्की ।
तपाईसँग बहिनीले भोट मागिन् त ? भन्ने पत्रकारहरुको प्रश्नमा कार्कीले त्यो स्वाभाविक भएको बताए ।
प्रतिक्रिया 4