+
+
Shares

कस्तो छ गुगलका सिईओ सुन्दर पिचाईको जीवनशैली ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुन्दर पिचाई सन् २०१५ देखि गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ हुन् र न्यूनतम तलब २० लाख डलर छ।
  • उनको निजी जीवन क्यालिफोर्नियाको लस अल्टोसमा ३१.१७ एकड जमिनमा फैलिएको आलीशान बंगला र विलासी गाडीहरूको सङ्ग्रहले भरिएको छ।

गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ हुन्, सुन्दर पिचाई । संसारकै मूल्यवानमध्येको एक कम्पनीमा उनी प्रमुख तहमा कार्यरत छन् । जहाँ उनको न्यूनतम तलब नै २० लाख डलर छ । त्यसबाहेक स्टक, बोनस तथा अन्य माध्यमबाट आउने रकम छुट्टै छ ।

यस खालका व्यक्तिको जीवनशैली कस्तो छ भनेर सबैको चासोको विषय हुन सक्छ । ‍आज उनी प्राविधिक क्षेत्रमा सबैभन्दा प्रभावशाली व्यक्तिमध्येका एक हुन् । हामीले उनको जीवनलाई पछ्याउँदा छिमेकी देश भारतसम्म पुग्नुपर्ने हुन्छ ।

१९७२ जुन १० मा उनको जन्म भारतको तामिलनाडुमा भएको थियो । त्यहीँ हुर्के बढेका उनले भारतकै खड्गपुरस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मा इन्जिनियरिङ अध्ययन गरेका थिए । त्यसपछि स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गर्न अमेरिका गएका थिए ।

उनी २००४ मा गुगलमा जोडिए। त्यहाँ उनले गुगलका महत्त्वपूर्ण टुल्सहरूलाई एक्सपान्ड गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । आज गुगल क्रोमलाई यति धेरै प्रख्यात बनाउनमा केही हदसम्म उनको भूमिका छ ।य सबाहेक जिमेल, गुगल म्याप्स, गुगल प्ले, एन्ड्रोइड सिस्टम आदिमा पनि उनले ठूलो परिवर्तन गराएका छन् ।

उनले यो कम्पनीको सीईओको भूमिकामा भने सन् २०१५ मा पाए ।

उनको निजी जीवन

घर

क्यालिफोर्नियाको लस अल्टोस नामक ठाउँमा उनको आलीशान बंगला छ । ३१.१७ एकड जमिनमा फैलिएको उक्त बंगाल करिब ४० मिलियन डलर बराबरको रहेको बताइन्छ । मिडिया रिपोर्ट अनुसार उनले यो बंगलालाई सजाउन मात्रै लाखौं डलर खर्चेका छन् । यस बंगलामा धेरै वटा स्विमिङ फूल, जिम हल, स्पा, वाइन सेलर, सोलार प्यानल, लिफ्ट आदि रहेका छन् ।

गाडी

त्यस्तै सुन्दर पिचाई गाडीका लागि पनि निकै सोखिन देखिन्छ । उनीसँग धेरै विलासी गाडीहरूको सङ्ग्रह छ । जसमा मर्सिडीज मेब्याक एस ६५०, बीएमडब्ल्यू ७३० एलडी, मर्सिडीज भी क्लास लगायतका करौडौं पर्ने गाडीहरू उनीसँग छन् ।

दैनिकी

सुन्दर पिचाई हरेक दिन बिहान ६:३० देखि ७ बजेसम्म उठिसक्छन् । नित्यकर्मपछि उनी वाल स्ट्रिट जर्नल, न्यु योर्क टाइम्स जस्ता पत्रिका पढ्छन् । यही क्रममा नै उनले खाजा खाइसक्छन् । उनी स्वास्थ्यप्रति एकदमै सचेत छन् । यसकारण बिहान प्रोटिनयुक्त खाना खान्छन् । यसो हुँदा टोस्टसहितको अण्डा (अम्लेट) उनको नियमित खाना हो ।

त्यसपछि बिहान ८ बजेतिर उनी कार्यालयतर्फ निस्कन्छन् । त्यो यात्रा अवधिमा उनी पोडकास्ट वा अडियोबुक सुन्छन् । यसो हुँदा उनी अहिले चलिरहेको विचार र प्रवृत्तिमाथि अपडेट भइरहन्छन् ।

कार्यालय पुगेपछि उनको पहिलो काम इमेलहरू जाँच गर्ने हुन्छ । त्यसपछि ९ बजेबाट ११ बजेसम्म उनी प्राय: कार्यकारी बैठकहरूमा सहभागी हुन्छन् । जसमा मुलत: गुगलको आगामी कदमबारे चर्चा हुन्छ ।

बैठक सकिएपछि साढे १२ बजेतिर उनी आफ्ना सहकर्मीहरूसँग शाकाहारी खाना खान्छन् । अनौपचारिक गफगाफ गर्छन् । यसपछि दिन अनुसार बैठक लगायत अन्य काम हुन्छ ।

साँझतिर उनी घर फर्कन्छन् । जहाँ उनी आफ्नो परिवारसँग गुणस्तरीय समय बिताउँछन् । खाना खाने समयसम्म उनी पुस्तक पढेर आराम गर्छन् । राति १० बजेतिर भोलिको तालिका हेरेर प्राथमिकता तय गर्छन् । र, साढे १० बजेतिर सुत्न जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?