+
+
Shares

‘तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी’ को प्रसारण रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १३:२२

tito-satya
हाँस्य सिरियल ‘तितो सत्य’ले प्रशारणको ६ सय भाग पुरा गरेपछि निर्माता तथा निर्देशक दिपकराज गिरीलाई लागेको थियो, अब फरक शैलीमा अगाढि बढ्छ । तर, ६ सय १ भागमा नै उनका लागि अप्ठ्यारो पर्‍यो ।

६ सय भागमा शुभकामना दिएर सिरियललाई अगाडि बढाउने सोच बनाएपनि त्यो पुरा हुन सकेन । पछिल्ला केही हप्ता तितोसत्य प्रसारणा हुने बारमा पुरानै भाग दोहोरिएर प्रसारण भइरहेका छन् ।

यो हालत ‘तितो सत्य’को मात्र होइन । अर्का दुई चर्चित सिरियल ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ को पनि पुरानै भाग प्रशारण भैरहेका छन् । यी तीनवटै सिरियल अब अगाडि बढ्ने संभावना कमजोर छ ।

‘तितो सत्य’का निर्माता दिपकराज गिरीले भने-‘अब तिनै वटा सिरियल प्रशारण बन्द हुने सम्भावना ८० प्रतिशत छ ।’ केही आशा रहेपनि त्यो पुरा हुने संभावना कमजोर रहेको उनको भनाई छ ।

‘जिरे खुर्सानी’का निर्देशक तथा कलाकार जितु नेपाल ३ महिनादेखि अमेरिकामा कार्यक्रममा व्यस्त छन् । ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल भने समाजसेवा र भुकम्प पीडितका लागि घर बनाउनमा नै व्यस्त थिए ।

नेपाली टेलिभिजनमा पारिवारिक सिरियलको क्रेज शुन्य छ । जब, हाँस्य सिरियलहरु सुरु भयो, बजार गर्मायो । यी सिरियलबाट केही कलाकार मनग्गे पैसा पनि कमाए ।

तर, मिडिया हबसँगको रकम लफडाले अब भने यी चर्चित ३ सिरियलको प्रशारण बन्द हुने अवस्थामा पुगेका छन् ।

निर्देशक तथा कलाकार दिपकराज गिरी भन्छन्-‘अब चलचित्र निर्माणमा नै अगाडि बढ्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?