Comments Add Comment

यस्तो अनौठो कारणले गर्दा चीनमा प्रतिबन्धित छन् यी ५ चिज

china-hackers-USpropaganda

चीन दुनियाको एउटा यस्तो देश हो जसको बारेमा केही न केही कुरा जान्नका लागि मानिसहरु हरहमेशा उत्सुक रहन्छन् । चाहे त्यो त्यहाँको संस्कृतिसँग जोडिएको कुरा होस् वा फेरि खानपान ।

चीनमा विभिन्न चिज तथा गतिविधिहरु प्रतिबन्धित छन् । त्यसरी विभिन्न चिजवस्तु तथा विषयहरुमा प्रतिबन्ध लगाउनुका केही कारणहरु समेत निकै अचम्मका हुने गरेका छन् । चीनमा प्रतिबन्ध लगाइएका ५ चिज र तिनको प्रतिबन्धको कारण यस्तो छः

१. हलिउड चलचित्र अवतारः सन् २०१० मा रिलिज भएको किर्तिमानी हलिउड चलचित्र अवतारले चीनमा पनि कमाइको रेकर्ड कायम गर्दै थियो । तर दुइ हप्तापछि यसलाई सरकारले प्रतिबन्ध लगायो । चिनिया फिल्म भन्दा यो फिल्म बढि सफल बन्दै गएपछि सरकारले यस्तो कदम चालेको बताइन्छ । यद्यपि यसको टू डी भर्सनमा मात्र प्रतिबन्ध लगाइएको थियो र थ्री डी भर्सन हेर्ने भने अनुमति थियो ।

२. चमेलीः के तपाइँलाई थाहा छ चीनमा चमेली फूलमाथि पनि प्रतिबन्ध छ ? हो, चमेलीसँग जोडिएका हरेक चिज चीनमा प्रतिबनिधत छन् । सन् २०११ मा ट्युनिसियामा भएको चमेली क्रान्तीपछि चीन सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अहिले चीनमा न त यो फूलको बिक्रिवितरण हुन्छ, न त घरमै सजाउन पाइन्छ । साथै चमेली सँग सम्बन्धित गीत गाउन तथा यो शव्द उच्चारण गर्न पनि पाइँदैन ।

३. सैनिकमाथि इनटरनेट प्रतिबन्धः चीनमा सैन्य सेवासँग सम्बन्धित मानिसहरुका लागि इनटरनेट प्रतिबन्धित रहेको छ । न त उनीहरुले इन्टरनेटको प्रयोग गरी नयाँ जागिर खोज्न सक्छन् न त इनटरनेटमा साथीहरुसँग कुराकानी नै गर्न पाउँछन् । साइबर क्याफेमा गएर समेत इन्टरनेट चलाउन पाउँदैनन् । सेनाको गोप्यता लिक नहोस् भनेर यस्तो नियम राखिएको हो ।

४. जुवाः चीनमा जुवा खेल्नु, खेलाउनु पूर्ण रुपमा प्रतिबन्धित रहेको छ । सन् १९४९ देखि यस्तो प्रतिबन्ध लगाइएको हो । चीनमा क्यासिनो खोल्ने अनुमति पनि छैन । जुवाको शोख रहेकाहरुले सरकारद्धारा संचालित दुइ चिठ्ठा कार्यक्रममा भाग लिन पाउँछन् ।

५. इलिस इन वन्डरल्याण्डः यो कहानीलाई लेविस क्यारोलले लेखेका हुन् । यो कथाको किताब तथा टेलिभिजन सिरियल पनि बनिसकेको छ । तर चीनमा भने सन् १९३१ देखि यो प्रतिबन्धित रहेको छ । जनावरहरुले पनि मानिसजस्तै कुराकानी गर्ने गरेको यो कहानीको विषय चीन सरकारलाई मन परेनछ । यसो गर्दा जनावरलाई पनि मानिस बराबरको दर्जा दिइएको भन्ने लागेछ र उसले कृतिलाई प्रतिबन्धित गरेको छ । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment