+
+
Shares

गीत-स्वयम्बरको औंठी

पानीको फोका जस्तै यो जीवन, के भर रैछ र
लडेको थियो साइतको कलश, बिछोडिनु रैछ र ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ५ गते १०:३०

गाैतम उद्य

गाैतम उदय
गाैतम उदय

पानीको फोका जस्तै यो जीवन, के भर रैछ र
लडेको थियो साइतको कलश, बिछोडिनु रैछ र ।

मुटु दुई थियो चाल एक थियो, नमुना त्यो मायाँ
खै आफै किन बनेर गयो, दुई-दिनको घाम छायाँ
तिमी नहुँदा घाम-जुनै छैन, अंध्यारो संसार
ढलेको थियो यज्ञको लिङ्गो, बिछोडिनु रैछ र
खसेको थियो स्वयम्बरको औंठी, बिछोडिनु रैछ र ।।

चर्किन्छ छाती छल्किन्छ आँसु, बगाउँछ परेली
उक्किन्छ खाटा बल्झिन्छ घाऊ, बनाउँछ बेहोसी
बोकेर चोट सहेर पीडा, जिउनु नै केछ र
घोप्टिएको थियो सिन्दुरको बट्टा, बिछोडिनु रैछ र
फुस्केको थियो आँचलको गाँठो, बिछोडिनु रैछ र ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?