Comments Add Comment

आम्मै ! कत्रा जुत्ता ? (फोटो फिचरसहित)

Big-Shose4ओहो ! यति अग्ला तथा लामा जुत्ता । आखिर कसका लागि कसले बनायो होला ? अनि कसका खुट्टामा ठिक्क होलान् र यी जुत्ता ?

हुनत सबै जुत्ता लगाउनकै लागि बनाउनुपर्छ भन्ने कहाँ छ र ? देखाउन वा सजाउनका लागि अर्थात् किर्तिमानी राख्नमा लागि पनि त बनाइन्छ ।

भारतको पन्जाबस्थित अमृतसरका कागज कलाकार गुरपि्रत सिंहले कागज तथा रबरबाट भिमकाय जुत्ता बनाउने गरेका छन् ।

Big-Shose3

उनले बनाएको सबैभन्दा ठूलो जुत्ताको उचाइ १० फुट तथा लम्बाइ ७ फुट रहेको छ ।

यी किर्तिमानी जुत्ता निर्माताले बनाएको उक्त जुत्ताको वजन १८ किलो छ । यो जुत्तालाई पनि उनी गिनिज बुकमा दर्ज गराउन चाहन्छन् ।

पछिल्लो १५ वर्षदेखि आफुले कागजको कलाकारिता गर्दै आएको उनी बताउँछन् ।

Big-Shose1

Big-Shose

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment