Comments Add Comment

बिजुली नहुँदा त्रिवि शिक्षण अस्पतालमा १९ मुख्य शल्यक्रिया स्थगित

Teaching-hospital
१० मंसिर, काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मंगलबार राति अचानक विद्युत ‘सर्ट’ हुँदा शल्यक्रियासहित विद्युतको माध्यमबाट दिइने सबै प्रकारका स्वास्थ्य सेवा ठप्प भएका छन् ।

अस्पताल परिसरमा जमिनमुनि विछ्याइएको विद्युत लाइनमा अचानक खराबी आएपछि बुधबार तय गरिएका मिर्गौला प्रत्यारोपण, गाइनो, अर्थोपेडिक, इएनटी, पेटलगायत १९ मुख्य शल्यक्रिया रोकिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिजुली अभावकै कारण अक्सिजन प्लान्ट बन्द भएपछि सिलिन्डरबाट अक्सिजन वितरण गरिएको छ । बिजुलीका लागि जेनेरेटर सञ्चालन गरिएपनि ती कुनै पनि बेला बन्द हुने जोखिम बढेपछि अस्पतालका आईसीयू, एनआईसीयू, पीआईसीयू विभागमा रहेका बिरामीलाई अन्य अस्पतालमा सार्न थालिएको अस्पतालका मुख्य लेखा अधिकृत सुशील थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment