Comments Add Comment

गर्भवती हुने बेला कामुक बन्छ महिलाको आवाज

voice  2

मानवीय व्यवहारलाई धेरै कुराहरुले प्रभावित बनाइरहेका हुन्छन् । ती मध्ये केहि यस्त कुराहरु छन्, जसलाई हामीले निकै कम ध्यान दिन्छौं । अध्ययनहरुले मानिसहरुको चालचलन र व्यवहारलाई निर्देशित गर्ने केहि स-साना तथ्यहरु औंल्याएका छन्, जुन सुन्दा अनौठा लाग्छन् ।

१. यदी कसैको काँधमा हलुका समातेर तथा उसको आँखामा आँखा जुधाएर कुरा गर्ने हो भने उ जस्तोसुकै कुरा सुन्नका लागि पनि मानसिक रुपमा तयार हुन्छ

२. आँखाको पुतलीको फैलावटले निर्णय लिँदाखेरीको अनिश्चिततालाई दर्शाउछ । यदी कसैलाई आफ्नो निर्णयप्रति पूर्ण आत्मविश्वास छैन भने उसको उत्तेजना बढ्छ र आँखाको पुतलीको फैलावट पनि बढ्छ ।

३. पाकेटमारहरुले एउटा कलाको खुब उपयोग गर्छन्, खासगरी रक्सी धोकेका मानिसहरुलाई निशाना बनाउन । उनीहरु यस्ता व्यक्तिको अघिपछि लागेर हल्लिन थाल्छन् । यस्तो बेला जड्याहालाई लाग्छ कि आफैं हल्लिइरहेको छु । उसले आफूलाई सिधा उभ्याउने र सम्हाल्ने कोशिश गर्छ, अनि लड्खडाएर लड्न पुग्छ । पाकेटमारले यहि मौकामा चौका हान्छ ।

५. रातो रंगले हाम्रो मस्तिष्कभित्र प्रभूत्व एवम् आक्रामकतासित जोडिएको हुन्छ । यहि कारणले रातो किट्सवाला बक्सरहरुले नीलो किट्सवाला बक्सरहरुमाथि जित प्राप्त गर्ने सम्भावना पाँच प्रतिशत ज्यादा हुन्छ ।

६. हाँसोले मानिसहरुलाई सामाजिक रुपमा नजिक ल्याउँछ र आपसमा जोड्छ । जब तपाईं कसैसित हाँस्नुहुन्छ, यसको मतलव तपाईं उसलाई मन पराउनुहुन्छ, उसित सहमत हुनुहुन्छ र उसको समुहमा सामेल हुनुहुन्छ । यस्तो माहोलमा उसले तपाईंलाई आफूभित्रका रहस्यहरुको खुलासासमेत गर्छ । त्यसैले कसैसित अत्यधिक नजिक हुन चाहनुहुन्छ भने उसका खराब चुट्किलामा पनि खिच्खिताएर हास्नुस ।

७. महिनावारीका दौरान महिलाहरुको आवाजमा नजानिँदो परिवर्तन आएको हुन्छ । कहिले यो आवाज बढि आकर्षक सुनिन्छ भने कहिले अनाकर्षक पनि सुनिन्छ । जब उनीहरुको गर्भ बस्ने सम्भावना अत्यधिक हुन्छ, त्यतिबेला आवाज सबैभन्दा कामूक हुन्छ । –बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment