Comments Add Comment

आवश्यक परे नेपाली सेना परिचालन हुन्छः रक्षामन्त्री रावल

bhim rawal

१२ मंसिर, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आवश्यक परे नेपाली सेना परिचालन हुने बताएका छन् । नेपाली जनता र मुलुकको सुरक्षाका लागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन हुने उनको भनाइ छ ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा रक्षामन्त्री रावलले भने-‘मुलुकको भु-भाग र जनताको रक्षाकोलागि सरकार प्रतिबद्ध छ । जनता र जमिनको रक्षाका लागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालित हुन्छ । सुरक्षा निकायम मात्रै होईन आवश्यक परे जनतालाई पनि राज्यले खटाउन सक्ने संबैधानिक ब्यवस्था छ ।’

अहिले नेपाल प्रहरी मात्रै परिचालित रहेको भन्दै उनले अवस्था परिस्थिति र आवश्यकता अनुसार जनताको हितका लागि सबै निकाय परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने-‘सरकार धेरै संयमित भएर प्रस्तुत भएको छ । रोक्नु पर्ने ठाँउमा नरोकेको र गर्नु पर्ने ठाँउमा आवश्यक बल प्रयोग नगरेको गुनासो आइरहेको छ ।’

उपप्रधानमन्त्री रावलले भारतसँग कूटनीतिक र अनौपचारिक रुपमा सरकारले सम्वाद जारी राखेको भन्दै सरकार भारतसँग सम्बन्ध सुधार्ने पक्षमा रहेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री रावलले वार्ताबाट समस्या समाधान गर्ने भए आन्दोलनको स्वरुप फेर्न मधेसी मोर्चालाई आग्रह गरे । जनता, राष्ट्र र लोकतन्त्रलाई आधार मानेर बार्तामा बस्ने हो भने अन्तिम निष्कर्षमा पुग्न धेरै समय नलाग्ने उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment