Comments Add Comment

प्रधानमन्त्री ओलीले भने-आज भाषण नगरौं

Pm-Kp-oli

१२ मंसिर, काठमाडौं । नेपाल सम्बत् ११३६ को अबसरमा नेकपा एमाले काठमाडौंले शनिबार चियापान कार्यक्रम गरेको छ ।

भृकुटीमण्डपमा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भए ।

तर, ओलीले राजनीतिक भाषण गरेनन् । अरु बेला कुनै पनि कार्यक्रम प्रधानमन्त्री ओलीले लामै सम्बोधन गर्ने र आत्मनिर्भरताको योजना सुनाउँथे । जसलाई लिएर उनको अब काम गर्ने बेला भयो भन्दै आलोचना समेत हुन थालेको थियो ।

तर, शनिबार ओलीले नेपाल सम्बत्को नयाँ वर्षको अबसरमा सबैलाई शुभकामना दिए र आफ्नो सम्बोधन अन्त्य गरे । उनले भने-चिया खान बोलाएर साथीहरुले भाषण सुनाइरहनु भएको छ । आज भाषण नगरौं । साथीहरुलाई धेरै शुभकामना छ । आयोजकलाई धन्यवाद छ । चिया खानतर्फ लागौं । मेरो मन्तव्य सकियो, धन्यवाद ।’

झण्डै २ घन्टा लामो कार्यक्रममा प्रधानमन्त्री ओलीले झण्डै एक मिनेट १५ सेकेण्ड मात्र बोले ।

अरु बक्ताले भने निकै लामो भाषणा गरेका थिए । उनीहरुले नेपाल सम्बतलाई सबै सरकारी कामकाजमा ल्याउन र विक्रम संवतलाई खारेज गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment