Comments Add Comment

जेमी भर्डीले बनाए ११ खेलमा गोलको रेकर्ड

Jamie-Vardy

१३ मंसिर, काठमाडौं । लिसेस्टर सिटीका स्ट्राइकर जेमी भर्डीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार ११ खेलमा गोलको रेकर्ड बनाएका छन् ।

शनिबार राति भएको खेलमा लिसेस्टर र म्यानचेष्टर युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदान किङ्ग पावर स्टेडियममा भएको खेलमा लिसेस्टरले २४ औं मिनेटमा भर्डीको गोलबाट अग्रता लिएको थियो । यो उनको सिजनको १४ औं गोल हो ।

पहिलो हाफको अन्तिममा म्यानचेष्टर युनाइटेडले बराबरी गोल फर्कायो । बास्टियन स्वाइन्स्टाइगरले गोल गरे । बार्यन म्युनिखबाट यो सिजन युनाइटेड आएका उनको यो पहिलो गोल समेत हो ।

दोस्रो हाफमा दुबै टीमले गोल गर्न सकेनन् । र, खेल बराबरीमा टुंगिएको छ । यससागै दुबै टीम शीर्ष स्थानमा रहन सकेनन् ।

साउथहृयाम्पटनलाई ३-१ ले हराउादै म्यानचेष्टर सिटी २९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान अंक जोडेको लिसेस्टर गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ भने युनाइटेड २८ अंकका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment