Comments Add Comment

रणवीरको सफलताका लागि दीपिकाको प्रार्थना

Ranabir deepika  (4)

मुम्बई । फिल्मको सफलताको लागि सिद्धिविनायक मन्दिर धाउनुलाई दीपिका पादुकोणले आफ्नो रित नै बनाइसकेकी छिन् । तर, यसपाली उनले केबल चलचित्र ‘तमासा’को सफलताको मात्रै कामना गरिनन् । सहकर्मी नायक रणवीर कपुरको सफलताको लागि पनि भगवानसँग प्रार्थना गरिन् ।

यसअघि रणबीरका तीन फिल्म असफल भएका थिए । त्यसकारण पनि ‘तमासा’ले राहत दिएको छ रणबीरलाई ।

दीपिका आफ्नी आमा उजालासँगै सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । संवाददाताले सोधे तपाइले रणबीरका लागि प्रार्थना गर्नु भएको हो ? उनले मुस्कुराउँदै भनिन् – हो ।

साथै उनले रणवीर क्षमतावान कलाकार भएको भन्दै उनको क्षमता कसैले पनि खोस्न नसक्ने टिप्पणी गरिन् । हरेक फिल्मको सफलताको लागि मन्दिरमा प्रार्थनाका लागि आउने गरेको उनको भनाई थियो । ‘म हरेक फिल्म रिलिज हुँदा मन्दिर आउँछु यसपाली तमासाको सफलताको लागि आएँ ।’ उनले भनिन् ।

दीपिका र रणबीरले अभिनय गरेको यो तेस्रो फिल्म हो । इम्तियाज अलिको निर्देशन रहेको ‘तमाशा’ मा रणबीर कपुरले वेदको चरित्र निर्वाह गरेका छन् भने दीपिका ताराको भुमिकामा देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment