Comments Add Comment

भारतीय नाकाबन्दीको बिरोधमा पोर्चुगलबासी नेपालीको प्रदर्शन

Nepalis protest in portugal against Indian blockade 4

बसन्त रानाभाट

स्पेन । भारतीय नाकाबन्दीको बिरोधमा पोर्चुगलमा नेपालीहरूले प्रदर्शन गरेका छन् । यो लण्डनपछि युरोपकै दोस्रो ठुलो प्रदर्शन भएको बताइएको छ ।

पोर्चुगलस्थित भारतीय दूताबास अगाडि भएको प्रदर्शनमा ५ सय भन्दा बढी संख्यामा नेपालीहरु सहभागी भएका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अगुवाइमा विरोध प्रर्दशन गरेका हुन् ।

संघका अनुसार बिरोध प्रदर्शनसँगै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहे पनि भारतीय दूताबासले बुझ्न नमानेपछि इमेल र पोष्ट मार्फत पठाइएको छ।

Nepalis-protest-in-portugal-against-Indian-blockade-2

पोर्चुगलस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिको समेत सहभागितामा भएको बिरोध कार्यक्रममा ब्याक अफ इन्डिया, रेक्सपेक्ट नेपाल लगायतका नाराहरु लगाइएको थियो । उनीहरुले प्ले कार्डमार्फत नेपालमा गएको विनाशकारी भूकम्प भन्दा भारतीय नाकाबन्दीले दशौं गुना बढी नेपालीहरुलाई संकटमा परेको सन्देश दिएका छन् ।

नेपालीहरु बिरोधमा उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा ब्यबस्था कडा पारेको थियो ।

Nepalis protest in portugal against Indian blockade 3 Nepalis protest in portugal against Indian blockade 5 Nepalis-protest-in-portugal-against-Indian-blockade-1

Nepalis-protest-in-portugal-against-Indian-blockade

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment