Comments Add Comment

नेपालको सीमानामा २७ एफएम टावर बनाउन एसएसबीको प्रस्ताव

SSB१० पुस, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग सीमा जोडिएका क्षेत्रमा दुई दर्जनभन्दा बढी एफएम रेडियोका टावर स्थापनाका लागि अनुमति मागेको छ । कथित भारतविरुद्धको प्रोपोगाण्डा मत्थर बनाउन भन्दै उसले निश्चित ठाउँहरुमा एफएम स्टेसन खोल्ने तयारी गरेको हो ।

एसएसबीका महानिर्देशक बीडी शर्माले संगठनको ५२ औं स्थापना दिवसमा बोल्दै आफ्ना फिल्ड युनिटबाट सीमा क्षेत्रमा देशको हित प्रतिकुल हुने खालका अफवाहहरु फैलिइरहेका र त्यसलाई सामना गर्न टावरहरु आवश्यक भएको रिपोर्ट आइरहेको जानकारी दिए । एक हजार सात सय ५२ किलोमिटर लामो सीमा क्षेत्रका २७ स्थानमा एफएम टावरहरु राख्नुपर्ने प्रस्ताव उनले गरेका छन् ।

असी हजार जनशक्ति रहेको एसएसबीको भावी योजनाका विषयमा जानकारी गराउँदै उनले आउँदो तीन वर्षमा २ हजार ७ सय महिला जनशक्ति थप गरिने बताएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment