Comments Add Comment

ऋचा शर्माको फेरिएको रुपः म्यागेजिनमा विकिनी अवतार

richa-sharma-hot-bikini
फागुनको ७ गते नायिका ऋचा शर्मा अभिनित चलचित्र ‘को आफ्नो’ रिलिज हुँदैछ । यो चलचित्रमा ऋचा शर्मा एउटा प्रताडित नारीको भूमिकामा छिन्, जसको अनुहारमा दाग नै दाग छ । ऋचाको यो क्यारेक्टरलाई लिएर अहिले राम्रै प्रशंसा पनि भैरहेको छ ।

तर, रील र रियल लाइफ फरक हुन्छ । पर्दामा आफूलाई फरक ढंगले ढाल्ने गरेकी यी नायिकाले हालै मात्र एक म्यागेजिनका लागि फोटोसुट गराएकी छिन् । ‘टीएनएम’ म्यागेजिनका लागि ऋचाले गराएको फोटोसुट हेर्दा लाग्छ, ‘को आफ्नो’की नायिका उनै हुन् त ?richa-cover-photo
नायिका शर्माको हट रुप यो म्यागेजिनको कभरमा देख्न सकिन्छ । म्यागेजिनको कभरमा देखिएको ऋचाको तस्बिर हट छ । उनै ऋचाले खिचाएको एक तस्बिरमा उनी चुरोट तान्दैछिन् त एक तस्बिरमा उनी विकिनी अवतारमा छिन् । आफ्नो विकिनी शरीरलाई उनले आधा मात्र लामो कोर्टले छोपेकी छिन् ।

चलचित्रको पर्दामा ऋचाले भूमिकामा पक्कै पनि केही फरकपन ल्याएकी  हुन् । उनलाई दर्शक नायिका भन्दा पात्रको रुपमा बढी चिन्छन् । उनै ऋचाको यो हट अवतारले धेरैको ध्यान खिचेको छ । richa-sharma-bikini

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment