Comments Add Comment

एउटै कक्षामा पढ्छन् आमा बाबु र छोरा

pariwar nai eutai class maकल्पना गर्नुस् त कुनै परिवारका बुवा आमा र छोराले एउटै स्कुलको एउटै कक्षामा एउटै बेन्चमा बसेर पढ्न थाले भने त्यो दृश्य कस्तो होला ? के यसरी पूरै परिवारले एउटै कक्षामा बसेर पढ्लान् त ? आखिर शिक्षाको हुटहुटीले सताएपछि र पढ्ने धोको पूरा गर्ने मन जागेपछि यस्तो हुँदो रहेछ ।

भारतको पश्चिम बंगालस्थित नादियामा यस्तो भएको छ । नादियामा बस्ने मण्डल परिवारका पूरै सदस्य एउटै स्कुलको एउटै कक्षामा पढ्छन् । उनीहरु बिहान सबेरै सँगै स्कुल जान्छन् । आमा, बाबु र छोरा तिनजनै आ आफ्ना साइकलमा चढेर स्कुल ड्रेसमा जब  विद्यालय जान्छन् तब देख्नेहरु अचम्म पर्छन् ।

बालाराम र कल्याणी मण्डल आफ्ना छोरासँगै एउटै कक्षामा पढ्न गएको कुनै लहडबाजीमा होइन र गिनिज बुकमा नाम लेखाउन पनि होइन । बालाराम र कल्याणीको सानै उमेरमा बिहे भयो । सोही कारण उनीहरुले पढ्न पनि पाएनन् । बिहेपछि छोरा जन्मियो । जब छोरा स्कुल जान थाल्यो, उसका कापी किताब देख्दा ती बाबुआमालाई पनि पढ्ने रहर जाग्यो । आखिर उमेरलाई वास्ता नगरी दुबैजना छोरासँगै स्कुलमा भर्ना भए ।

ama babu ra chora eutai class maपेशाले खेतीकिसानी गर्ने बालाराम स्कुल जानका लागि बिहान छिटै उठेर खेतबारीको काम सकाउँछन् । पत्नी कल्याणी पनि बिहानै उठेर घरको कामकाज भ्याउँछिन् । घरको कामकाज सकेसँगै खानपिन गरेर त्यो दम्पत्ति छोरासँगै स्कुल जान्छ । स्कुलमा पनि तिनैजना एउटा कक्षामा एउटै बेच्नमा बस्दछन् ।

अहिले यी बुवा, आमा र छोराले ११ कक्षामा पढ्दछन् । यी तिन छात्रछात्रा पूरै विद्यालयको आकर्षणको केन्द्र बनेका छन् । उनीहरु आउँदो वर्ष हुने १२ कक्षाको बोर्डको परीक्षाका लागि जोडतोडले जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment