Comments Add Comment

घर भाडा नतिर्दा प्रशासन गुहार्ने कि घरबेटीलाई ? : अध्यक्ष राई

rajkumar-rai
नेपाल चलचित्र निर्माता संघले विषेश साधारण सभा गरेर समस्या सुल्झाउने भएको छ । तिन वर्षअघि संघको अधिवेशन हुँदा संकलन भएको सदस्यता वापतको ७ लाख रकम जम्मा नभएको, संस्था नवीकरण नगरेको, भवन निर्माण कोषको पैसा कार्यसमितीले आफुखुसी रकम खर्च गरेको आरोप लगाउदै केही असन्तुष्ट निर्माताले जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी गरेका थिए ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको रोहवरमा भएको छलफलमा निर्माता संघका अध्यक्ष राजकुमार राई र असन्तुष्ट निर्माताहरुविच सहमती भएको हो ।

अध्यक्ष राईका अनुसार एक महिना भित्र विषेश साधारणसभा गरेर समस्या समाधान गर्ने सहमति भएको छ । ‘पैसा तिर्न बाँकी रहेका केही साथीहरुलाई हामीले ताकेता गरिसकेका छौं । आधा पैसा त उठी नै सकेको छ ।’ राईले भने ।

असन्तुष्ट पक्षका अगुवा नवल खड्काले संघमा भएको अनियमिततावारे राईले स्विकाारेको बताउदै संघलाई चुस्त बनाएर लैजान पहल भएको बताए ।

संघको सबै निर्णय कार्यसमितीले गरेको भन्दै अध्यक्ष राईले केही ब्यक्तिहरु आफ्नो बिरुद्धमा लागेको भन्दै संघमा भ्रष्टाचार नभएको दाबी गरे । ‘घर भाडा नतिरेको विषयमा सीडीओ कार्यालय जाने होईन, घरबेटीलाई भन्ने हो । तर, हाम्रा केही साथीहरु सानो समस्यालाई पनि ठूलो बनाएर हिडिरहेका छन् ।’ अध्यक्ष राईको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment