Comments Add Comment

रजत पदक जितेसँगै झरनाले लिइन् सन्यास

सन्देश श्रेष्ठ

२७ माघ, सिलोङ । भारतमा जारी १३औं साग गेम्समा नेपालकी झरना गुरुङले रजत पदक जितेकी छन् ।

Jharana-Gurungउसुको सान्सुतर्फ ५२ केजी तौल समूहमा रजत जितेलगत्तै उनले सन्यासको घोषणा गरेकी हुन् । यद्यपी उनले यसको औपचारिक घोषणा काठमाडौं फर्केपछि गर्ने बताएकी छिन् ।

पोखरेली चेली झरनाले ईन्जुरीका कारण आफूले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सबै खेलबाट सन्यास लिएको प्रष्ट पारिन् । उसु नै भने नत्याग्ने भन्दै उनले भनिन्, ‘म एरिनामा उत्रेर अब खेल्दिन । तर, प्रशिक्षण वा त्यस्तै अरु क्षेत्रबाट उसुमा जोडिरहन्छु ।’

स्वर्णको आशा गरिएपनि उनी घाइते भएकाले फाइनल प्रतिष्पर्धामा सोंचे जस्तो प्रदर्शन गर्न सकिनन् ।

उनको देब्रे कुम राम्रोसँग चल्दैन भने उनले सेमीफाइनल र फाइनल दुबैमा दुखाइ कम गर्न इन्जेक्सन प्रयोग गरेकी थिइन् । उनको अहिले सिलोङकै एक अस्पतालमा उपचार भइरहेको छ ।

भियतनाममा भएको आठौं अर्न्तराष्ट्रिय उसु च्याम्पियनसीपमा काश्य, फष्र्ट एसियन मार्सल आर्ट च्याम्पियनसीपमा काश्य, एघारौं सागमा काश्य पदक जितेकी उनको १२औं सागमा पाएको रजत नै सबैभन्दा ठूलो पदक हो ।

शुरुमा मार्सलआर्टबाट खेल जीवन शुरु गरेकी झरनाले ७ वर्ष अघीदेखि उसु खेल्न शुरु गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment