Comments Add Comment

सीमांकन विवाद मिलाउन प्रधानमन्त्रीले बोलाए कार्यदल बैठक

२९ माघ काठमाडौं । प्रधानमन्त्री केपीओलीले आफ्नो भारत भ्रमणअघि नै प्रदेश सीमांकन विवाद मिलाउने तयारी थालेका छन् । जसका लागि प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्र बनाउने तयारी थालेका छन् ।

Baluwatarओलीले प्रमुख राजनीतिक दल र मधेसवादी दलहरुका मागमा सहमति जुटाउन गठित कार्यदलसँग छलफल गरि विवाद मिलाउन आज बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएका हुन्।

यसअघि प्रमुख राजनीतिक दल र मधेसवादी दलहरुबीच कार्यदललाई ब्युताउने सहमति भए पनि कार्यदलको बैठक भने बस्न सकेको थिएन । प्रधानमन्त्री ओली प्रदेश सिमांकनमा देखिएका समस्या समाधान गर्दै राम्रो सन्देश लिएर भारत भ्रमणमा जाने तयारीमा जुटेका हुन् ।

कार्यदलमा नेपाली कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा तथा मधेसी मोर्चाका तर्फबाटप फोरम नेपालका राजेन्द्र श्रेष्ठ,तमलोपाका हृदयश त्रिपाठी, सद्भावनाका लक्ष्मण लाल कर्ण  तथा तमसपाका रामनरेश राय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment