Comments Add Comment

पहिरनमा कोरियोग्राफरको खुलेकाे शैली

renasha-hot
झट्ट हेर्दा उनी कुनै नायिका जस्तो लाग्छिन् । चलचित्रको प्रिमियर होस् या विभिन्न शोमा उनी पुग्दा, उनलाई नचिन्ने दर्शक झुक्किन्छन् । आखिर, उनी कुन नायिका हुन् ?

तर, तस्बिरमा देखिएकी यी सुन्दरी नायिका नभएर कोरियोग्राफर हुन् । चलचित्रमा नायक-नायिकालाई नृत्य निर्देशन गर्दै आएकी रेनशा वान्तवा राइको पहिरन शैली कुनै नायिकाको भन्दा कम छैन । renasha-and-romi
उनी सहभागी हुने कार्यक्रममा उनले लगाएको पहिरनले धेरै नायिकालाई नै फेल गराइराखेको हुन्छ । आज बिहान काठमाण्डौको कुमारी हलमा आयोजित चलचित्र ‘क्लासिक’को प्रेस शोमा पुगेकी रेनशाको पहिरन खुलेको थियो । बिहानी शोमा पनि उनले आफ्नो पहिरनको नशालाई छर्न सफल भइन् । पहिरनकै कारण उनी चलचित्र हेर्न ढिलो आइपुगेकी थिइन् । renasha-rai
आफ्नो पहिरन सजगताले गर्दा नै उनले चलचित्रमा पनि कलाकारलाई उत्कृष्ट पहिरनमा सजाउँदै आएकी छिन् । उनले कोरियोग्राफी गरेका थुप्रै चलचित्रका गीत पहिरन र लोकेशनका कारण चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment