Comments Add Comment

उपत्यकामा बेलुकाभन्दा दिउँसो चोरी

Chorika-saman१ फागुन, काठमाडौं । उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसो बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७२/७३मा महाशाखामा परेका उजुरीमध्ये राति चार र दिउँसो एक सय सात चोरीका घटना भएको आजको नयाँ पत्रिका दैनिका समाचार छ ।

महाशाखाका प्रहरी नयाव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार दिउँसो मानिस घरमा नभएको समयमा बढीचोरी हुने गरेको छ । रातिको समयमा प्रायः बचत तथा ऋण सहकारी संस्था र कार्यालयमा तथा दिउँसो घरमा बढी चोरी हुने गरेको छ , उनले भने ।

चोरीमा पक्राउ परेकाहरु पनि अदालतबाट सहजै छुट्ने र पुनः चारीमा संलग्न हुने गरेको पाइएको छ  । ‘रिहा भएकाहरु पुनः चोरीमा संसग्न हुने गरेको पाइएको छ , मसासिनीले भने ।

पछिल्लो समय उपत्यकाभित्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा रातको समयमा ल्यापटप, क्यामेरा, सुनचाँदीका गहना चोरी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment