Comments Add Comment

यस्ता छन् बलिउड कलाकारका भ्यालेन्टाइन प्लान

मुम्बई । बलिउड स्टार रिलमा मात्रै हैन रियलमा पनि भ्यालेन्टाइनलाई महत्व दिन्छन् । केही कलाकारले भ्यालेन्टाइनको वारेमा खुलेर कुराकानी गरेपछि धेरैले गोप्य राख्न चाहे ।  श्रीमान एवं श्रीमतिको खुसीका लागि ‘भ्यालेन्टाइन डे’ मनाउने भनाइमा सहमति जनाए धेरैले । हेरौं बलिउड स्टारहरु को कसरी मनाउँदै रहेछन् भ्यालेन्टाइन डे ।

Sharukh khan at kathmandu (7)
शाहरुख खानः विवाह भन्दा पहिला म गौरीका नाममा कबिता लेख्थें । मैले लेखको कबिता गतिलो त हुन्न थ्यो । तर, मेरो कबिता पढेर गौरी खुसी हुन्थिन् । म केही ग्रीटिङ पनि पठाउथें । फूल र चकलेट दिएर प्रभाव पार्ने प्रयाश गर्थें ।

गौरी भ्यालेन्टाइन मनाउदा खुब रमाउथिन् । यदि कुनै कारण गौरीसंग भ्यालेन्टाइन मनाउन पाइन भने मेरो पुरै वर्ष खराब हुन्थ्यो । त्यसकारण मैले हरेक भ्यालेन्टाइनलाई निकै महत्व दिने गरेकी छु ।

आलिया भट्टः हाम्रो भाग्यमा कहाँ भ्यालेन्टाई डे मनाउन भनेर लेखेको छ र । कामको बोझले गर्दा मैले केही गर्नै पाएको छैन । यसपाली नयाँ फिल्म ‘कपुर एण्ड सन्स’ को प्रमोशनसंगै भ्यालेन्टाइन मनाउने योजनामा छु ।

ajay-and-kajol

काजोलः म एकदमै रोमान्टिक छु । यही कारण पनि अजयले मेरो खुशीका लागि हरेक वर्ष भ्यालेन्टाइन मनाउने गरेका छन् । म चाहन्छु अजयले मेरो नामको ट्याटु आफ्नो शरीरमा खोपुन् । तर, उनी तयार छैनन् । जुन दिन अजयले मेरो नामको ट्याटु आफ्नो शरीरमा खोप्छन् त्यही दिन मलाई लाग्ने छ मैले वास्तविक रुपमा भ्यालेन्टाइन मनाएकी छु । विवाहपछि हरेक वर्ष अजयले मलाई खास भ्यालेन्टाइन गिफ्ट दिने गरेका छन् ।

करिना कपुरः प्रेम जीवनको सबै भन्दा सुन्दर पक्ष हो । त्यसकारण भ्यालेन्टाइन डे मनाउनु जरुरी छ । सिंगल हुँदा साथीहरुसंग प्रेम दिवस मनाउने गरेकी थिए । अहिले आफ्नै श्रीमान सेफअलि खानसँग रमाउँछु । विवाहपछि मेरो हरेक भ्यालेन्टाइन विषेश हुने गरेको छ । त्यसका लागि म सेफलाई विषेश धन्यवाद दिन चाहन्छु ।

sunny-and-hosband

सन्नी लियोन: डेनियल मलाई निकै प्रेम गर्छन् । विवाह गर्नु अघि केही महिना फूल चकलेट र उपहार दिएर मलाई फकाउने प्रयाश गरेका थिए । उनको त्यही शैलिले मेरो दील जित्यो ।

विवाह गरेको केही वर्ष भयो । डेनियलको प्रेम झन झन गाढा भएको महसुस् भएको छ । डेनियलको साथमा बस्दा हरेक दिन मेरा लागि भ्यालेन्टाइन जस्तै हुने गरेको छ । बलिउडमा आएपछि भने डेनियलले हिन्दी गीत गाएर मलाई खुसी बनाउने गरेको छ ।

विद्या वालानः म एकदमै रोमान्टिक छु । भ्यालेन्टाइन डे मनाउँदा मलाई निकै रमाइलो लाग्छ । म यसकारण आफुलाई भाग्यमानी ठान्छु मैले सिद्धार्थ जस्तो मायालु श्रीमान पाएँ । विवाहपछि मेरा श्रीमानले हरेक भ्यालेन्टाइनलाई विषेश बनाएका छन् । यसपाली पनि मेरो केही स्पेशल योजना छ । तर अहिल्यै भन्दिन ।

abi-aish

अभिषेक बच्चनः जब दुनियाको सबै भन्दा सुन्दर युवति मेरो श्रीमति छ भने मलाई भ्यालेन्टाइन मनाउनका लागि खास दिनको जरुरी छैन । ऐश्वर्यासँग मैले हरेक दिन भ्यालेन्टाइन मनाईरहेको छु ।

मेरा लागि सबै भन्दा अविस्मरणीय भ्यालेन्टाइन त्यो हो जुन दिन ऐश्वर्याले मलाई ‘आई लभ यु’ भनेकी थिइन् । मैले उनकै खुसीका लागि हरेक वर्ष भ्यालेन्टाइन मनाउने गरेकी छु । यो वर्ष पनि केही स्पेशल हुन्छ ।

शाहिद कपुरः विवाहपछि मेरो सेड्युल यति टाईट भएको छ । साँच्चै भन्ने हो भने मिरालाई राम्रोसँग समय दिन पनि सकेको छैन । तर, आजसम्म गुनासो गरेकी छैनन् उनले ।

त्यसकारण विषेश गर्ने योजनामा छु । मिरालाई सकेसम्म धेरै समय दिने योजनामा छु । स्पेशल कार्यक्रम पनि छ तर, भन्दिन ।

प्रियंका चोपडाः मलाई त लाग्छ प्रेम गर्नका लागि खास दिनको जरुरी छैन । मेरो पहिलो प्रेम मेरो काम हो । त्यसकारण हरेक भ्यालेन्टाइन डेमा मैले काम गर्दै आएकी छु । जुन दिन मलाई मन पर्ने जीवनसाथी भेट्छु त्यो दिन म पनि भ्यालेन्टाइन डे मनाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment