Comments Add Comment

चितवनमा आयोजित औद्योगिक प्रदर्शनीमा १५ करोड कारोबार

२ फागुन, चितवन । चितवनको भरतपुरमा आयोजित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनीमा १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।

Chitwan-Festivalसात दिनसम्म चलेको प्रदर्शनीमा एक लाख दर्शकले अवलोकन गर्नुको साथै करिव अप्रत्यक्षरुपमा १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आर्थिक समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए ।

स्याण्डवीचको घर, फर्निचर, सोलारलगायतका स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो थियो ।

‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवर्द्धन’ भन्ने नाराका साथ चितवन उद्योग संघले आयोजना गरेको औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ । प्रदर्शनी समापन समारोहलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अबको राष्ट्रियता भनेकै अर्थतन्त्र भएको बताए । उनले चितवनमा औद्योगिक प्रदर्शनी स्थल बनाउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रदर्शनीमा यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका थिए । प्रदर्शनीमा विभिन्न प्रकारका गरी करिव दुई सय स्टलहरु थिए ।

प्रदर्शनी अवधिभर विविध साँस्कृतिक कार्यक्रमहरु समेत भएका थिए । यस्तै राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार-२०७२ को उपाधि दिप्ती गुरुङले जित्न सफल भइन् । मनिषा परियार दोस्रो र सुनिता बुर्लाकोटी तेस्रो भइन् ।

डान्सिङ स्टारको उपाधि जित्नेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment