+
+
Shares

हेर्नुहोस् १३ तस्वीरः सिन्धुपाल्चोकदेखि कालिञ्चोक हुँदै सिन्धुलीसम्म

५ चैत, काठमाडौं । यो पुरानो खरीढुंगा खानी भएको ठाउँ हो, जुन सिन्धुपाल्चोक जिल्लाको जेठल गाविसको सानो बजार मुढे कटेपछि आउँछ । यो दोलखा र सिन्धुपाल्चोकको सीमानाभित्र पर्ने बजार हो । यो लगभग ३००० मिटरको उचाइमा छ, जहाँ पुसदेखि फागुनसम्म हिउँ पर्छ । र, यही ठाउँबाट चरीकोट जाने सडक निर्माण भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ५ गते ९:३६

हेमन्त चेम्जोङ्ग, सिन्धुलीबाट

यो पुरानो खरीढुंगा खानी भएको ठाउँ हो, जुन सिन्धुपाल्चोक जिल्लाको जेठल गाविसको सानो बजार मुढे कटेपछि आउँछ । यो दोलखा र सिन्धुपाल्चोकको सीमानाभित्र पर्ने बजार हो । यो लगभग ३००० मिटरको उचाइमा छ, जहाँ पुसदेखि फागुनसम्म हिउँ पर्छ । र, यही ठाउँबाट चरीकोट जाने सडक निर्माण भएको छ ।

१.

1 Kharidhunga

यो ठाउँमा क्यामेराम्यानहरु फिल्मको छायांकनका लागि व्यस्त रहन्छन् । यो ठाउँबाट विशेषतः गौरीशंकर हिमाल नजिकै देखिन्छ । प्रेमजोडीहरु तथा पिकनिक खाने टोलीका साथै अकस्मात आउने यात्रीहरु पनि यस ठाउँमा रम्ने गर्छन् । यो स्थान दोलखाबाट सहजै पुग्न सकिने सुन्दर ठाउँ हो ।

२.

2 Kharidhunga_

खरीढुंगाबाट गौरीशंकर हिमाल मनोरम देखिन्छ । यहाँ घुम्न आएका आन्तरिक पर्यटकहरु हिमाली श्रृंखला हेरेर आनन्द लिँदै गरेको देखिन्छ ।

३.

3. Selfie at Kharidhunga

खरीढुंगामा नेपालका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन् । पर्यटकहरु यो स्थानको डाँडामा बसेर सेल्फी लिँदै रमाइलो गर्छन् ।

४.

4.Sunset at Kharidhunga

यो तस्वीरमा बाटोमा बसिरहेको एकजना मानिस र छेउबाट गुडिरहेको कार सूर्यास्तसँगै दे्ख्न सकिन्छ । यो दृश्य खरीढुंगा नजिकैबाट लिइएको हो ।

५.

5 Kharidhunga (1)

खरीढुंगा बजारमुनि पश्चिमतिर एउटा सुन्दर सफा पोखरी छ । यो पोखरी लगभग २ देखि ३ विघा छेत्रफल ओगटेर बसेको छ । लेकमा रहेको पोखरी भएका कारण यहाँको पानी स्वच्छ र सफा देखिन्छ । यो पोखरीको वीच भागमा एउटा मन्दिर छ । यहाँ आन्तरिक पर्यटकहरुलाई बोटिंगका लागि केही डुंगाहरु प्ानि राखिएका छन् ।

६.

6 Way to Kalinchowk

कालिञ्चोक भगवती जानेबाटोबाट कालिञ्चोक भगवती रहेको चुचुरो देखिन्छ । यो तस्वीर कुरी बजार छेउबाट खिचिएको हो । यो स्थान लगभग ३८०० मिटरको उचाइमा छ ।

७.

7.Kuribazaar

कुरीबजार एउटा सानो उपत्यका हो, जुन कतैबाट पनि देख्न सकिन्न कालिञ्चोक चुचुरोको फेदिमा रहेको यो सानो बजारमा लगभग १० देखि १५ वटा होटल छन् । यो स्थानमा बस्न र खान राम्रो सुविधा छ । लगभग चैत्रसम्म पनि हिउँ रहिरहने यो स्थानमा पहिले भेडीगोठ र चौंरीगोठ राख्ने गरिन्थ्यो । अहिले आन्तरिक पर्यटकहरुको चापसँगै यो स्थानले बजारको रुप लिएको छ । यहाँ चौंरीको दूध पाइनुका साथै चौंरीको छुर्पी बनाउने गरिन्छ, जुन नेपालका अन्य स्थानमा पनि पठाइने गरिन्छ ।

कालिञ्चोक भगवती रहेको स्थानमा लगभग १० घरधुरी छन्, जहाँ खाजा पाइनुकासाथै पदमचालको मीठो चिया खान पाइन्छ । स्थानीयका अनुसार पदमचाल उच्च रक्तचापका लागि औषधी मानिन्छ । यो स्थानमा बिजुलीको राम्रो सुविधा छ । कच्ची -ढुंगा सोलिंग गरिएको) सडक बजारसम्म पुगेको छ । यहाँ ५०० देखि ६०० रुपैयाँमा बास बस्ने राम्रो बस्ने स्थान पाउन सकिन्छ ।

८.

8 Way to Kalinchowk

कालिञ्चोक उकालीमा रहेको मानेको तस्वीर सुन्दर देखिन्छ । कुरी बजारबाट पैदल लगभग ५ किमी उकालो उक्लँदा विभिन्न किसिमका चिमल र गुराँसका बोटहरु भेटिन्छन् । यहाँ चैत्र/बैसाख महिनामा गुराँसले पाखा नै रंगीचंगी बनाएको हुन्छ । यहाँका मानेहरुमा ठूला तथा मसिना चेप्टा ढुंगाहरु मिलाएर अग्लो बनाएर छोडिएका हुन्छन् ।

९.

9 Kalinchowk cliff

कालिञ्चोक छाँगोको तस्वीर हो यो । कालिञ्चोक जाने पैदल बाटोमा ढुंगाको सिँढी बनाइएको छ । यसलाई दाँया पारेर एउटा भर्‍याङ्ग चढेर मात्र मुख्य स्थानमा पुगिन्छ । यो लगभग ४००० मिटरको उचाइमा छ । यो स्थान वरिपरिको डाँडा मध्ये सबैभन्दा अग्लो छ । यहाँबाट उत्तर-पश्चिमबाट उत्तर-पूर्बसम्म्ा फैलिएको मनोरम हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ, जुन अति नै सुन्दर छन् । अरु स्थानको तुलनामा यहाँबाट हिमाल धेरै नजिकजस्तो देखिन्छ । यसको उचाइ पनि हिमालको यो स्थानबाट हाराहारीमै देख्न सकिन्छ । यो दोलखाको धेरै हिमपात पर्ने स्थानभित्र पर्छ । भूकम्पले खासै क्षति गर्न नसकेको यो पहाडमा चुना मिसिएको छ, जसका कारण लड्न लागेका जस्तै देखिने डाँडाहरु पनि अडिएर बसेका छन् ।

१०.

10 Kalinchowk top

कालिञ्चोक चुचुरो नै यहाँको अन्तिम गन्तव्य हो । यो चुचुरोमा देवीथान रहेको छ । स्थानीयको भनाइअनुसार भूकम्पका बेला यो चुचुरोमा ५०० को संख्यामा भक्तजनहरु थिए । यहाँ विशेष गरी शनिबार दर्शनार्थीहरुको बढी भीड लाग्ने गर्छ ।

११.

11 Makaibari sunset

सूर्यास्तको यो दृश्य कालिञ्चोकबाट चरीकोट फर्किँदै गर्दा मकैबारी भन्ने स्थानबाट लिइएको हो ।

१२.

12 Mulkot Sindhuli

सिन्धुलीको मूलखर्कमा पर्ने यो दृश्य दोलखाबाट रामेछाप हुँदै सिन्धुली फर्किने क्रममा भीरपानी गाविसको डब्खा माझीगाउँ जाने बाटोमा बिहानको समयमा लिइएको हो । तस्वीरमा एउटा झोलुंगे पुल अनि पारि सिन्धुली जिल्लाको मूलकोट बजार देख्न सकिन्छ । तस्वीरमा वीपी राजमार्गको संरचना पनि देख्न सकिन्छ ।

१३.

13 Dhugrebhanjyang Sindhuli

सिन्धुलीगढीको घुम्ती सडक खण्ड पनि कम रोचन छैन । खुर्कोटबाट उकालो १५ किमी सकिएपछि सिन्धुलीगढी पुगिन्छ । सिन्धुलीगढीबाट तल झर्नेक्रममा ढुंग्रे भञ्ज्यांग भन्ने अति सुन्दर गाउँलाई वीपी राजमार्गले क्रस गर्छ । अनि यही खण्डलाई चार किमी तलबाट हेर्दा अति सुन्दर देखिन्छ । र, सोही खण्डलाई यो तस्वीरमा उतारिएको हो ।​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?