+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

२०८३ असार  ६ गते ७:०९ २०८३ असार ६ गते ७:०९

फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले दुई गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
  • ब्राजिलका लागि म्याथियस कुन्हाले दुई गोल र भिनिसियस जुनियरले एक गोल गरे ।
  • यसअघिको पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।

६ असार, काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले तीन गोलको अग्रता लिएको हो ।

ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । २३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका कुन्हाले ३६औं मिनेटमा दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै अग्रतालाई तेब्बर बनाए । यसअघि खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएन ।

पहिलो हाफमा ब्राजिल हाइटीमाथि हाबी भएको छ । पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय