News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फियामा जारी खेलमा ब्राजिलले म्याथियस कुन्हाको गोलमार्फत हाइटीविरुद्ध अग्रता लिएको छ ।
- खेलको २३औं मिनेटमा कुन्हाले गोल गरेका हुन् भने यसअघि १२औं मिनेटमा राफिन्हाले गरेको गोलले मान्यता पाएन ।
- यसअघि पहिलो खेलमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिँदा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।
६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा ब्राजिलले हाइटीविरुद्ध अग्रता लिएको छ ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलमा म्याथियस कुन्हाको गोलमार्फत ब्राजिलले अग्रता लिएको हो । म्याथियसले खेलको २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
यसअघि खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएन । ३० मिनेटको खेल सकिँदा ब्राजिलले हाइटीमाथि दबाब सिर्जना गरिरहेको छ ।
पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4