Comments Add Comment

बस व्यवसायी महरा दाङमा मृत फेला

१६ चैत, दाङ । दाङका एक बस व्यवसायी मंगलबार मृत फेला परेका छन् । घोराही नगरपालिका-५ रझेना निवासी ३८ वर्षीय विष्णुबहादुर महरा घोराही नगरपालिका-४ डबरीमा मृत अवस्थामा भेटिएका हुन् ।

Death-bodyडबरीबाट चौघेरा जाने बाटोमा गाडीले किचेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । महराको टाउको र शरिरमा गाडीको टायरको डाम छ ।

घटनाबारे अनुसन्धान सुरु गरेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी प्रकाशराज शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment