Comments Add Comment

कविता: उठ राष्ट्रसेवक

कहिले उठ्ने तिमी ?
कहिले देखाउने जोश ?
अनि, कहिले उठाउने देश ?

Sher-bahadur-BKएउटै सोचले परिवर्तनका लहर ल्याउनेहरु
जीर्ण मानसिकताका भारी बोकी हिँड्छन,
कोरेरै देश सिँगार्नेहरु कलममा
मसिका बदला सम्झौता भर्छन्,
कुशल प्रशासनिक सँस्कृति सिकाउनेहरु
भ्रष्टाचारको बुट लाउँदै निशान छोड्छन्,
अनि, देशलाई सम्वृद्ध बनाउने कसम खाएकाहरु
कालो अमृत भर्न भोको पेट लिएर धाउँछन् ।

हो उठ तिमी
जीर्ण मानसिकताको मर्मत गर
ताकि तिम्रो सोचले परिवर्तनका छाल आउन्,
कलममा राष्ट्रभाव अनि भक्तिका मसि भर
ताकि राष्ट्र सिंगार्न सक,
कुुशल सँस्कृतिको विकास गर
ताकि आउने पिँढिले देश काँधमा बोक्दै
पहिचान दिलाउन सकुन्,
अनि, त्यस्तो कसम खाऊ
जसलाई सम्झँदा कुनै भोक नलागोस् ।
अनि बल्ल,
सेवाप्रति रुष्ट बुढी आमाको मुहारमा खुसी छाउनेछ,
बाटोसँगै विकास र सोच दौड्नेछ,
ढलेको निजामति सेवाको साख
सालौ साल ठिङ्ग उभिनेछ,
लर्खराएको अनि विरामी हाम्रो देशले
ओखति पाउनेछ ।

हो अब उठ तिमी,
देखाउ जोश अनि उठाउ देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment