Comments Add Comment

सेक्स टोयलाई देवदूत ठानेपछि…

sex toyइण्डोनेसियामा पुलिसले एउटा यौन खेलौना अर्थात् सेक्स टोय बरामद गरेको छ जसलाई गाउँलेहरुले देवदूत ठानिरहेका थिए । सुलावेसी प्रान्तको बांगइ टापुस्थित समुद्रमा एक माझीले गुडिया स्वरुपको उक्त सेक्सटोयलाई तैरिएको अवस्थामा फेला पारेका थिए ।

त्यसपछि एक माझीको परिवारले उक्त सेक्सटोयको हेरचाह सुरु गर्यो । उक्त सेक्स टोय एकाएक चर्चित हुन थाल्यो र देवदूतको संज्ञा दिँदै त्यसको तस्वीर अनलाइनमा समेत भाइरल बन्न थाल्यो ।

सेक्स टोयलाई देवदूत ठानेर फैलिरहेको अफवाहले कानून व्यवस्थामा खलल पुग्नसक्ने भन्दै पुलिसले उक्त मामिलाको जाँचबुझ सुरु गर्यो ।

त्यसक्रममा पुलिसले पत्ता लगायो की त्यो गुडिया कुनै देवदूत थिएन, एउटा हावा भरेको सेक्स टोय थियो । हिजाब पहिरिएकी किशोरीको स्वरुपको उक्त सेक्स टोय मानिसहरुलाई भ्रममा पार्न काफी थियो ।

उक्त सेक्स टोय गत मार्चको सूर्य ग्रहणको ठीक एक दिन पछि समुद्रमा तैरिरहेकेा अवस्थामा फेला परेको थियो । सूर्य ग्रहणपछि फेला परेको र मानिसकै आकृतिमा भएको हुनाले मानिसहरुले यसलाई अलौकिक अवतार ठान्न थाले र देवदूत भन्न थाले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment