Comments Add Comment

विज्ञापन करबाट पौने दुई करोड आम्दानी

२३ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले विज्ञापन करबाट रु एक करोड ९० लाख आम्दानी गरेको छ ।

Kathmandu-Metropolition-Cityविज्ञापन करबाट वार्षिक रु ५० लाख लक्ष्य राख्दै आएको कामपाले गत वर्ष रु १६ लाख मात्र आम्दानी गरेको थियो । कामपाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार चालु आवको चैत मसान्तसम्ममा विज्ञापनको करमार्फत सो रकम असुल गरिएको हो ।

“विगतमा विभिन्न किसिमका होडिङबोर्ड राखिने गरिन्थो, नियमभन्दा बाहिर रहेकाले कर तिर्नका लागि आउँदैनथे, तर अहिले ती सबै कर तिर्न आएका छन्” उनले भने । विज्ञापन नीतिअनुसार कुनै पनि सार्वजनिक जग्गामा विज्ञापन र बोड राख्न पाइँदैन । निजी जग्गामा भने छिमेकीको जग्गा र बाटोभन्दा १० फिटभित्र रही ३० फिट उँचाइसम्म मात्र विज्ञापन राख्ने पाइने नियम छ ।

खुल्लामञ्चमा राखिएको होडिङबोर्ड नियम बाहिर रहेको भन्दै कामपाले आपत्ति जनाएको छ । छिटफुट रुपमा अझै केही स्थानमा नियमभन्दा बाहिरका विज्ञापन रहेकाले त्यसको पनि तत्काल अनुमगन गरी हटाउने कार्य भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment