Comments Add Comment

मधेसी मोर्चा त्रिपक्षीय बैठकमा नजाने, संघीय गठवन्धनलाई बोलाउनु पर्ने माग

Madhesi-morcha११ जेठ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारले बोलाएको त्रिपक्षीय बैठकमा नजाने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सत्तारुढ, कांग्रेस र मधेसी मोर्चाको बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालयले गठवन्धनमा आवद्ध दलका नेताहरुलाई फोन गरेर नै वैठकबारे जानकारी गराएका थिए ।

लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको आहृवान गर्दै मधेसी मोर्चालाई पत्र समेत पठाएका छन्  ।

तर, मधेसी मोर्चा बैठकमा नजाने भएको छ । मधेसी मोर्चामा आवद्ध दलहरुले अहिले संघीय गठवन्धनको नाममा आन्दोलन गरिरहेका छन् ।

अहिले गठवन्धनले आन्दोलन गरिरहेकाले त्यसलाई नै वार्तामा बोलाउनु पर्ने उनीहरुको माग छ । संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले भने, सरकारले फुटाउ र राज गरको नीति लियो । गठवन्धनले आन्दोलन गरिरहेको छ । त्यसलाई वार्तामा बोलाउनु पर्छ । मधेसी मोर्चालाई बोलाएर हामी जाँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment