Comments Add Comment

त्यो तीन मिनेट, जतिबेला प्रवासीहरुले भरिएको डुंगा समुन्द्रमा पल्टियो

migrant-ship-italy-1

भूमध्य सागरमा प्रवासीहरुले खचाखच भरिएको एक डुंगा डुब्दै गरेको तस्वीर क्यामरामा कैद भएको छ ।

डुंगामा सवार ५६२ जनालाई बचाइएको छ । तर, अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्दार गर्ने डुंगालाई देखेर मानिसहरु ढुंगाको एकतर्फ थुपि्रएपछि सन्तुलन बि्रगि्रएर दुर्घटना भएको बताइएको छ ।

migrant-ship-italy-2

दुर्घटनापछि ज्यान बचाउन धेरै मानिस उद्धारमा गएको डुंगातिर गएका थिए भने केही समुन्द्रमा हाम फालेका थिए । मानिसहरुलाई बताउन लाइफ ज्याकेट र हावा भरिएको डुंगा समुन्द्रमा फालिएको थियो ।

डुंगाका क्याप्टेनका अनुसार उनले प्रवासीहरुलाई शान्त रहन र एक स्थानमा रहन भनेका थिए । तर, डराएका मानिसहरुले उनको कुरा सुनेनन् ।

migrant-ship-italy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment