Comments Add Comment

वादल गएपछि पार्टी शुद्धीकरण भयोः गजुरेल

SAMSUNG CAMERA PICTURES

१५ जेठ, विराटनगर । नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्र सत्ताको सुविधा भोग गर्न चाहनेहरुको पार्टी भएको बताएका छन् । माओवादी क्रान्तिकारीका नेता रामबहादुर थापा ‘बादल’ बहुमत केन्द्रीय सदस्य सहित एनेपामाओवादीसँग एकिकरण प्रक्रियामा सहभागी भएका थिए ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै नेता गजुरेलले माओवादी केन्द्र क्रान्तिकारी पार्टीमा भविश्य नदेख्नेहरुको जमघट भएको बताए । उनले नेकपा माओवादी क्रान्तिकारीमा रहदा सत्तामा भविश्य नदेखेका कारण बादललगायतका नेताले पार्टी छाडेको उनको आरोप छ ।

गजुरेलले पार्टी छोड्नेहरु क्रान्तिबाट हारेका र थाकेकाहरु र जनयुद्धलाई विश्वासघात गरेर नवसंशोधनवादीहरुको सरकारी कित्तामा गएको बताए ।

वादल समूहले पार्टी छोडेपछि पार्टीमा सुद्धिकरण भएको दावी गर्दै नेता गजुरेलले ठूलो परिवर्तन विना जनताको भावना अनुसारको हकअधिकार स्थापित हुन नसक्ने भएकोले आफ्नो पार्टी क्रान्तिको तयारीमा लागेको बताए ।

नेता गजुरेलले अहिलेको अवस्थामा सत्तामा गएर परिवर्तन सम्भव नरहेको जिकिर गर्दै आफ्ने पार्टी प्रतिक्रान्तिबाट एकैचोटी क्रान्ति हुन नसक्ने भएकोले अहिले शक्ति संचयमा लागीरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment