Comments Add Comment

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट (पूर्णपाठसहित)

bishnu-poudel१५ जेठ, काठमडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो । अागामी अार्थिक वर्षको बजेट चालू अार्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।

कहाँबाट अाउँछ  १० खर्ब ४८ अर्ब ९२ करोड ? 

Source of budget_2073-074सरकारले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ६५ र्अब अर्ब ८९ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएर जुटाउने अर्थमन्त्रीले घोषणा गरेका छन् । चालु आवमा सरकारले राजस्वको लक्ष्य ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ राखेको थियो ।

त्यसैगरी, वैदेशिक अनुदानबाट १ खर्ब ६६ हर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैयाँ जुटाइने छ । चालु आवमा वैदेशिक अनुदानबाछ १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको थियो ।

त्यस्तै, वैदेशिक ऋणमार्फत १ खर्ब ९५ अर्ब ७१ करोड ५६ लाख ३६ हजार रुपैयाँ स्रोत जुटाउने अर्थमन्त्रीले घोषणा गरे । गत बजेटमा बैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँजुटाइने लक्ष्य थियो ।

आन्तरिक ऋणमार्फत आगामी बजेटका लागि १ खर्ब ११ अर्ब रुपैयाँ स्रोत जुटाइने छ । चालु आवमा सरकारले ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

त्यसैगरी, अहिले सरकारको खातामा रहेको रकमबाट आगामी बजेटका लागि ५९ अर्ब ४१ करोड २७ लाख रुपैयाँ स्रोतान्तर गर्ने अर्थमन्त्रीले बताएका छन् । गत वर्षको बजेटले यस्तो लक्ष्य राखेको थिएन ।

त्यसैगरी, सावाँ फिर्ताबाट १० अर्ब रुपैयाँ स्रोत जुटाइने अर्थमन्त्रीले बताएका छन् । चालु आवको बजेटमा सावाँ फिर्ता वा प्राप्तिमार्फत २ अर्ब जुटाउने लक्ष्य थियो ।

कहाँ खर्च हुन्छ ?

expenses of budget_2073-074 (2)कूल विनियोजित बजेटमध्ये सरकारले सारधारणतर्पफ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ। यो कुल बजेटको ५८.९ प्रतिशत हो । त्यसैगरी, पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रूपैयाँ र  वित्तीय व्यवस्था तर्फ १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

पुँजीगतर्पफ छुट्याइएको बजेट कुल विनियोजित बजेटको २९.७ प्रतिशत हो भने वित्तीय व्यवस्थातर्फ छुट्याइएको बजेट ११.४ प्रतिशत हो ।

पोहोरको बजेटमा कति थियो ?

चालु आवका लागि सरकारले पोहोर ल्याएको बजेटमा साधारणतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो ।

त्यसैगरी,  पुँजीगत तर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बााकी हुादा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् ।

त्यस्तै, चालु आवमा वित्तीय व्यवस्थातर्फ चालु अावमा १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment