Comments Add Comment

ईनासद्वारा आयोजित युएईव्यापी छलफल तथा अन्तरक्रिया सम्पन्न

UAE

यूएई । दुबईको अस्कोट होटलसंगै रहेको ब्लु ओसन हलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रीय अध्यक्ष पुष्प बरूवालको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा ईनासले युएईव्यापी आन्तरिक छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

रस अल खैमह, उम अल क्ववेन, अजमान, फुजैराह, दुबई तथा शारजाहका पदाधिकारीहरूको उपस्थिती रहेको सो कार्यक्रम महासचिव गोपीकृष्ण पंगेनीले सञ्चालन गरेका थिए ।

भेलाले केही समयदेखि विविध कारणले हुन नसकेको केन्द्रीय महाधिवेशन आगामी १५ जुलाईमा गर्ने निर्णय गरेको छ । बरदुबईको एभरेष्ट होटलमा हुने महाधिवेशनमा युएई भरिका सबै क्रियाशिल सदस्यहरू, आजिवन सदस्यहरू, संरक्षक तथा सल्लाहकारहरू, अन्य संघसंस्थाका प्रतिनिधिहरू तथा पत्रकार महासंघको रोहवरमा आयोजना गरिने छ । निश्पक्ष निर्बाचन समिति बनाएर महाधिवेशन गर्ने निष्कर्ष निकाल्दै समितिले सबै पक्षलाई सो दिन उपस्थिति हुन आह्वान गरेको छ ।

विभिन्न क्षेत्रबाट आएका क्रियाशिल सदस्यहरूको परिचयात्मक कार्यक्रमबाट शुरू भएको अन्तरक्रिया कार्यक्रम सबैको भावनाहरू साटासाट गर्ने हेतुले बहस तथा छलफलमै केन्दि्रत भएको थियो । प्रमुख अतिथि, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रीय अध्यक्ष पुष्प बरूवालले बुँदागत रूपमा उठान गरिएका सबै टिकाटिप्पणीहरूलाई एक-एक गरेर प्रतिक्रिया दिए । भेलामा उपस्थिति सबैका व्यक्तिगत प्रश्नहरूका पनि जवाफ पनि उनले दिए । उनीसँगै ईनास नेदरल्याण्डका केन्द्रीय सदस्य तुफान घले पनि अतिथिको रूपमा आएका थिए ।

कार्यक्रममा रस अल खैमह क्षेत्रिय समितिका निवर्तमान अध्यक्ष राम तामाङले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा विश्वभरी नै उल्लेख्य भूमिका निभाइरहेको यस संस्थाले युएईमा अझै सशक्त भएर लाग्नुपर्ने बताए । संस्थाका संरक्षक आशिष पुरूषले संस्थालाई युएईको कुना-कुनामा पुर्‍याउन एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा रस अल खैमह क्षेत्रिय अध्यक्ष केविनजंग शाही, सचिव प्रकाश गुरूङ, सहसचिव ईन्द्रराज पौडेल, कोषाध्यक्ष लोक श्रेष्ठ, उम अल क्वेनबाट गायक प्रशान्त पौडेल, दुबईबाट धनेन्द्र मस्की राना, लक्ष्मण दियाली, कुशल वुचा, एमडि बोहोरा लगायत अन्यले पनि मन्तव्य राखेका थिए ।

दुबई क्षेत्रका क्रियाशिल पदाधिकारी कुशल वुचाले दुबईको एउटा अस्पतालमा उपचाररत सर्लाहीका निर्मल लामाको दुर्घटनाबारे ईनास युएईको पहलमा भैरहेको बस्तुस्थितिबारे जानकारी दिएका थिए । नृत्यकार लामा अभ्यासका क्रममा लडेर घाँटी भाँचिएको र उपचार गर्न ठूलो धनराशीको आवश्यक पर्ने भएकाले ईनास ग्लोबलले यो अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको थियो ।

महासचिव गोपीकृष्ण पंगेनीले संस्थामा अहिलेसम्म महाधिवेशन हुन नसक्नुका कारणहरू बारे चर्चा गर्दै भविष्यमा ईनासको श्रीबृद्धिका लागि कसरी अगाडि बढ्ने भनेर बुँदागत धारणा राखेका थिए ।

कार्यक्रमकी सभापति रेखा घिमिरेले युएईका सबै क्षेत्रमा समिति गठन हुन तम्तयार भैसकेको र सबै क्षेत्रिय समितिहरूलाई पनि केन्द्रमा समेटेर एउटा बिल्कुलै नयाँ स्वरूपको संरचना तयार गर्ने बताइन् । युएई भित्र विद्यमान सबै समस्याहरूलाई निराकरण गर्न नेपालीहरूका भलाईका खातिर कलाकारिताको माध्यम मार्फत समाजसेवामा अघि बढ्नै पर्ने उनको भनाइ थियो ।

आगामी २ सेप्टेम्बर शुक्रबारका दिन ईनास युएई रस अल खैमह क्षेत्रिय समितिले गैर आवासीय नेपाली संघ, रस अल खैमह क्षेत्रिय समितिको सहकार्यमा र अन्य विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाली तीज महोत्सव २०७३ भव्य रूपमा आयोजना गर्नेबारे पनि ग्लोबल केन्द्रीय अध्यक्ष समक्ष जानकारी गराइएको थियो । सो तीज महोत्सव कार्यक्रममा नेपालबाट लोक गायीका ज्योती मगर, लोक गायक नविन पौडेल, लोक गायिका गंगा घर्तीमगर तथा पत्रकार मनोज श्रेष्ठको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment