Comments Add Comment

पेलेट गन- मार्दैन तर जिउँदो लाश बनाउँछ

kashmir_security_forces

७ साउन, काठमाडौं । भारत प्रशासित कास्मिरमा सुरक्षाबलले प्रदर्शनकारीको तितरवितर पार्नका लागि पेलेट गन अर्थात छर्रा बन्दुकको प्रयोग गरिरहेका छन् ।

यो बन्दुकको छर्रा लागेर मानिसको मृत्यु त हुँदैन तर यसले लागेर प्रदर्शनकारीलाई गम्भीर चोट लाग्नेगरेको छ । थुप्रैपटक प्रदर्शनकारीको आसपासमा रहेका सर्वसाधारणलाई पनि यसले घाइते बनाएको छ । यसले लागेर थुप्रै मानिसको दृष्टिसमेत गुमेको छ ।

के हो पेलेट गन ?

यो एउटा पम्प गर्ने खालको बन्दूक हो जसमा थुप्रै प्रकारको क्यासेट राखिएको हुन्छ । एउटा बन्दूकमा ५ देखि १२ वटासम्म क्यासेट राखिएको हुन्छ । पाँचवटासम्म निक्कै तीव्र गतिमा जान्छ  र त्यसलाई खतरनाक मानिन्छ । यसको असर निक्कै टाढासम्म पुग्ने गर्छ ।

पेलेट गनमा हुने १ क्यासेटभित्र करिव ५०० वटा फलामका सानासाना डल्लाहरु हुन्छन् । फायर गरेपछि हावामा क्यासेट फुट्छ र त्यसभित्र रहेका फलामका गोलिया चारैतर्फ जान्छ ।

निशाना लगाएर फायर गरिएपछि त्यसको छर्रा चारै दिशामा पुग्छ । यसले प्रदर्शनमा सहभागी नरहेका मानिसहरुपनि यसको शिकार बन्न सक्छन् ।

पेलेन गन सामान्यतयः शिकारको लागि प्रयोग गरिन्छ । किनकि चारैतर्फ फैलने यसको छर्राले शिकारीलाई  निशाना पहिल्याउन सहज होस् ।

तर कास्मीरमा यो गन मानिसको लागि प्रयोग गरिएको छ । सन् २०१० मा कास्मिरमा भएको हिंसामा १०० भन्दा बढिको मृत्यु भएपछि प्रयोगमा ल्याउन थालिएको थियो ।

सुरक्षाबल के भन्छ ?

कास्मिरमा केन्द्रीय रिजर्भ पुलिस बल सिआरपिएफका जनसम्पर्क अधिकृत राजेश्वर यादवका अनुसार सिआरपिएफका जवानहरु प्रदर्शनकारीलाई तितरवितर पार्ने क्रममा निक्कै संयमित हुन्छन् ।

राजेश्वर भन्छन्, ‘बिरोध प्रदर्शनलाई बिफल बनाउनका लागि हामीले ९ नम्बरका क्यासेट प्रयोग गर्ने गर्छौं । यसको प्रभान न्यून हुन्छ र यो कम घातकपनि हुन्छ ।’

यद्यपी यादवको कुरासँग असहमत रहेका पुलिसका एक उच्च अधिकार आफ्नो नाम नबताउने शर्तमा भन्छन् कि प्रदर्शनकारीको भीडलाई तितरवितर पार्नका लागि सुरक्षाबलले १२ नम्बरका क्यासेट प्रयोग गर्नु उचित हुन्छ । निक्कै कठिन परिस्थितिमा मात्र९ नम्बरको क्यासेट प्रयोग गर्नुपर्छ ।

कास्मिरमा भइरहेको पछिल्लो प्रदर्शनको क्रममा दुई मानिसको मृत्यु पेलेट गनको छर्रा लाग्नाले भएको छ । छर्राले मानिसको आँखामा गम्भीर नोक्सान गरेकोबारे मानवअधिकारबादी संस्था र कास्मिरको नागरिक समाजले पनि यसको प्रयोगमाथि प्रश्न उठाउन थालेका छन् । एमनेष्टि इन्टरनेशनलले पनि कास्मिरमा प्रयोग गरिएको पेलेट शटगनको बिरोध गरेको छ ।

उपचारमा समस्या र ज्योती गुम्ने डर

जसलाई पेलेट गनको छर्रा लाग्छ र उनीहरु घाइते हुन्छन् । उनीहरुको उपचारका लागि कास्मिर बाहिर जानुपर्छ ।

उत्तरी कास्मिरको बारामुलाका २२ बर्षीय आमिर कबीर जीवनको पछिल्लो ५ बर्ष अँध्यारोमा बस्न बाध्य छन् । २०१० को हिंशाका क्रममा उनको आँखामा छर्रा लागेको थियो र उनले दुवै आँखाको ज्योति गुमाएका थिए ।

कविरको परिवारलाई उनको उपचारका लागि निक्कै रकम जुटाउनु पर्‍यो । गरीव परिवारका उनको परिवार मुस्किलले जीवन धानिरहेको छ ।

कविरकी आमा भन्छिन् , ‘मैले मेरो गहना बेचेर उसलाई कास्मिरबाहिर उपचार गराएको हुँ । अझ त्यसले नपुगेर हामीले आफन्तहरुसँग पनि ऋण लियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment