Comments Add Comment

सुन्दरी प्रतियोगिता, जहाँ काकी र हजुरआमाहरुले बिकिनीमा जवानी छल्काए (फोटोफिचर सहित)

bikinis6धेरै सुन्दरी प्रतियोगिताहरुमा भुतुक्कै पार्ने सुन्दरता भएका वैशालु किशोरी तथा युवतीहरुले आफ्नो सुडौल जिउडालको प्रदर्शन  गर्दछन् । तर चीनमा हालै भएको एक सुन्दरी प्रतियोगिता निकै फरक थियो ।

त्यहाँ वैशालु किशेारी तथा युवतीहरु हृोइन उमेर ढल्केका प्रौढ तथा वृद्धाहरुले बिकिनीमा आफ्नो ढल्कँदो वैँश देखाए । उक्त सौन्दर्य प्रतियोगितामा ५ सय जना महिलाहरुले भाग लिए र यसरी भाग लिनेमध्ये कतिपय ८० वर्ष उमेर सम्मका पनि थिए ।

चीनको तियान्जिनमा यस्तो सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगितामा पाका महिलाहरु बिकिनीसँगै अन्य विभिन्न पहिरनमा पनि सजिएका थिए ।

चिनिया सरकारी संचार माध्यमका अनुसार बुढ्यौलीका विषयमा मानिसहरुमा सकारात्मक धारणाको विकाश होस् भन्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको हो ।

स्थानीय एक कल्याणकारी संस्थाले लगातार दोश्रो वर्ष यो प्रतियोगिताको आयोजना गरेको हो ।

हेरौँ यो अनौठो सुन्दरी प्रतियोगिताका रोचक दृश्यहरु

bikinis5 bikinis4 bikinis3 bikinis2 bikinis1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment