Comments Add Comment

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको अनशन

विधान विपरित चुनिएका जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि खारेज गर्न माग

Nebisangh-Ansan

१० साउन, काठमाडौं । एघारौं महाधिवेशनका लागि विधानविपरित जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चुनिएको भन्दै नेविसंघका असन्तुष्ट नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।

आइतबारदेखि रिले अनशनमा बसेका उनीहरुले पाँच दिनपछि आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।

विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व चयन गर्नुपर्ने उनीहरुको माग छ ।

महामन्त्री पदका दावेदार डिल्लीराम सुवेदीले अनलाइनखबरसँग भने, ‘रञ्जित कर्ण र ऋषिकेशजंग शाह मात्रै बसेर २२ जिल्लाका नेतृत्व र करिब १६ सय प्रतिनिधि बाँडफाड गरेर चुनिएको छ । यसलाई खारेज गर्नुपर्छ । अन्यथा आमरण अनशन सुरु गर्छौं ।’

भागबण्डा होइन, महाधिवेशन गराउन खोजेका हौंः शाह

नेविसंघ नेता ऋषिकेशजंग शाहले भने आफूलाई लागेको आरोप अस्वीकार गरे । उनले जिल्लाबाट आएको सिफारिसलाई केन्द्रले सदरमात्रै गरेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै शाहले भने, ‘वास्तवमा भागबन्डा उहाँहरुले नै गर्नुभएको छ । आफूलाई भोट चाहिएको छ त्यहि भएर यस्ता आरोप लगाइएको हो । हामीले त विवाद समाधान गरेर महाधिवेशन गराउन खोजेका हौं ।’

एघारौं महाधिवेशन भएकाले एघार-एघार जना असन्तुष्ट नेविसंघ नेता-कार्यकर्ताहरु हाल रिले अनशनमा छन् । आइतबार अध्यक्षका दाबेदार कुन्दन काफ्ले र युवराज पाण्डेसहित एघार जनाको टोली अनशन बसेको थियो । सोमबारको अनसन टोली डिल्लीराम सुवेदी र बलदेव तिमिल्सिनाको नेतृत्वमा छ ।

नेविसंघ महाधिवेशन यही साउन २३ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशन सम्पन्न गराउन कांग्रेसले डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment