Comments Add Comment

पहिरोमा पुरिएर गुल्मीमा पाँचको ज्यान गयो

badi_gulmi

११ साउन, गुल्मी ।  अविरल वर्षासँगैको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ ।

गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासि एकै परिवारका ६२ वर्षीय कालीका दर्जि, ४९ वर्षीय तुलसी दर्जि र १९ वर्षीय अस्मिता दर्जी रहेका छन् ।

त्यस्तै  बिसुखर्क गाविस ९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीय छोरी सिमाना रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।

पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय  विष्णु सारु घाइते छन् । अहिले पनि घरमाथिवाट पहिरो खसिरहेको कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले वताएको छ ।

यसैबीच, बढीघाट खोलामा आएको बाढीले मुसिकोट र वामी जोड्ने सुदिको झोलुङ्गे पुल र ग्वालीचौर र पौदी जोड्ने झोलुङ्गे पुल समेत बगाएको छ । वाढीका कारण वाग्लुङ्गको खर्वाङ्ग वजार, गुल्मीको भुवाचिदि, उर्लीखोला, मजुवा, साहाघाट,चोरकाटे, रुद्रवेणी लगाततका वजार क्षेत्र समेत खतरामा परेका छन् । वजार क्षेत्रका वासिन्दा सुरक्षीत स्थानमा सर्न थालेका छन् ।

वाढीलले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । गत ५५ बर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयहरुले बताएका छन् । वाढीले सयाैं रोपनि जमिन  डुवानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जन भन्दा बढी घर गोठमा समेत क्षती पुगेको बताईएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment