Comments Add Comment

युरोपियन च्याम्पियन रियल मड्रिड विश्वकै मूल्यवान क्लव 

Real-Madrid

काठमाडौं । विश्वका सबैभन्दा मूल्यवान १०० क्लवहरुको सूची सार्वजनिक भएको छ । र यो स्पेनका लागि सुखद खवर छ ।

अपेक्षाकृत रुपमै रियल मड्रिड र बार्सिलोना अन्यसँगको ठूलो अन्तरका साथ शीर्ष दुई स्थानमा कायमै छन् । समग्र मार्केट भ्याल्यू र ट्रान्सफर मार्केटको आधारमा मुल्यवान क्लव छान्ने गरिन्छ ।

युरोपियन च्याम्पियन्स लिग बिजेता रियल मड्रिडको ब्राण्ड भ्याल्यु ६६५.८१ मिलियन पाउण्ड छ भने ला लिगा च्याम्पियन बार्सिनोला रियलभन्दा १० मिलियन पछाडि छ । यसको बजारमुल्य ६५५.७८ मिलियन पाउण्ड छ ।

मुल्यको प्रतिस्पर्धामा बुण्डेसलिगा च्याम्पियन बार्यन म्यूनिखले काश्य पदक जितेको छ ।शीर्ष स्थानमा दुई क्लवको तुलनामा निक्कै थोरै म्युनिखको ब्राण्ड भ्याल्यू मात्र ४८८.५ मिलियन पाउण्ड छ ।

top-25-val-club

१०० क्लवहरुको सूचीमा प्रिमियर लिग क्लव चेल्सी चौथो स्थानमा छ । उसको ब्राण्ड भ्याल्यू ४७५.६२ मिलियन पाउण्ड छ , ४६०.२८ मिलियन पाउण्ड ब्राण्ड भ्याल्यूसँगै म्यान्चेस्टर सिटी यसपछि आउँछ ।

च्याम्पियन्स लिग फाइनलिष्ट एथ्लेटिको मड्रिड, इंग्लिस टोलीहरु आर्सनल र म्यान्चेस्टर युनाइटेड ४४५.२३, ४१९.४३ र ३९८.८६ मिलियन पाउण्ड ब्राण्ड भ्याल्यूसँगै क्रमसः छैटौं, सातौं र आठौं नम्बरमा छन् ।

३७९.९९ मिलियन पाउण्ड ब्राण्ड भ्याल्यूसँगै फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीन नोवौं र सिरी ए च्याम्पियन युभेन्टस ३७८.२५ मिलियन पाउण्ड भ्याल्यूसँगै दशौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment