Comments Add Comment

राप्तीमा पानीको सतह खतराको स्तरमा, ८० जनालाई सुरक्षित स्थानमा सारियो

Rapti

११ साउन, नेपालगञ्ज । लगातारको वर्षाका कारण राप्ती नदीको सतह खतराभन्दा माथि पुगेको छ । सम्भावित क्षति न्यूनीकरण गर्नका लागि राप्ती किनारका वस्तीमा खतरको साइरन बजाइएको छ भने मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढी मापनकेन्द्र खासकुस्मा बाँकेले दिएको जानकारी अनुसार पानीको स्तर ६ मिटर २२ सेन्टिमिटर नाघेको छ । विहान ११ बजे नै खतराको संकेत ५ मिटर पार गरेको थियो ।

पानीको सतह बढ्ने क्रममा रहेकोछ । बाढीमापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाका अनुसार मंगलबार विहान ६ बजेदेखि राप्तीको सतह बढ्न सुरु गरेको थियो । उनले अनलाइनखबरसँग भने-‘नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । नदी किनारका गाउँहरुमा खतराको साइरन पनि बजाउन लगाइएको छ ।’

प्यूठान हुँदै बगेर आउने राप्ती नदी सहत दाङ्गको भालुबाङ्गमा रहेको बाढी मापन केन्द्रले मापन गर्छ । त्यो पानी कुसुम पुग्नलाई ३ घण्टा लाग्ने र त्यहाँबाट बाँकेको कम्दी, फत्तेपुर, होलिया, बेतहनी, गंगापुर, मटेहिया पुग्नलाई ४-५ घण्टा लग्ने बताइएको छ ।

राप्ती नदीमा आएको बाढीले खतराको संकेत पार गरेलगत्तै जिल्ला प्रहरी बाँकेले आ-आफ्ना विभिन्न युनिटमार्फत बाढीको खताराबाट जोखिनको लागि खतराको साइरन बजाएको छ । विपद आईहालेमा उद्दारको लागि तयारी अवस्थामा राखिएको बाँकेका प्रहरी प्रमखु प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।

८० जनालाई सुरक्षित स्थानमा सारियो

राप्ती नदीमा पानीको सहत बढेपछि होलियाको १ देखि ५ वडाका ८० जनालाई सुरक्षित स्थानमा सिरिएको छ । अझै त्यो क्षेत्रमा १२० भन्दा बढी मानिस छन् । उनीहरुलाई सुरक्षित स्थानमा लैजान खोजिएपनि उनीहरुले मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment