Comments Add Comment

भरतपुर अस्पतालमा ज्वरोका बिरामी बढे

Bharatpur-Aaspatal

११ साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा भाइरल ज्वरोका बिरामीहरू हृवातै बढेका छन् । अस्पतालले दिएको जानकारी अनुसार ओपीडीमा ज्वरो र त्यससँग सम्वन्धित बिरामीहरू ४० प्रतिशतले वृद्धि भएका छन् भने आकस्मिक कक्षमा ७० प्रतिशत बिरामी वृद्धि भएका छन् ।

गत दुई सातादेखि अस्पतालमा अधिक ज्वरोका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ‘अस्पतालमा आइतवार, सोमवार र मंगलवार यसै पनि बिरामीहरूको संख्या अत्ति धेरै हुने गरेको थियो, अझै अहिले त ज्वरोका बिरामीले गर्दा भिड थामी नसक्नु भएको छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन्ट डा. श्रवणकुमार थापाले भने ।

अस्पताल आउने अधिकांश बिरामीहरूमा उच्च ज्वरो आएको पाइएको छ । ‘१ सय डिग्रीसम्म ज्वरो आएका बिरामीहरुलाई ओपिडीमा नै पठाउने गरेका छौं,’ आकस्मिक कक्षका हस्तबहादुर अधिकारीले भने, ‘१ सय भन्दा माथि १ सय ५ डिग्रीसम्म ज्वरो आएका बिरामीहरू आकस्मिक कक्षमा भर्ना हुने छन् ।’

आकस्मिक कक्षमा एक दिनमा उपचारका लागि सामान्य समयमा ४५ जनासम्म बिरामीहरु आउने गरेकामा अहिले दैनिक १४० भन्दा बढि बिरामीहरू आउने गरेका छन् । आकस्मिक कक्षमा १२ शैया क्षमता छ । भरतपुर अस्पतालको ओपीडीमा सामान्य दिनमा १५० जना बिरामीहरू आउने भएपनि अहिले भने दैनिक २ सय ५० भन्दा बढी बिरामी आउने गरेको ओपीडी इन्जार्ज केशव सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment